दमक, २० फागुन–लायन्स क्लव ईन्टरनेशल डिस्ट्रिक ३२५ सीको सेकेण्ड भाइस गर्भनरमा लायन्स क्लव अफ झापा दमकले उम्मेद्वार बनाएका लायन्सका लोकप्रीय लिडर अजय अग्रवालाई साझा उम्मेद्वारको रुपमा अघि बढाइने भएको छ ।

दमकसहित पुर्वका अधिकाँश लायन्स क्लव तथा त्यसका लिडरहरुले अग्रवालको लायन्समा रहेको योगदानलाई कदर गर्दै साझा उम्मेद्वारको रुपमा अघि सार्ने निर्णय भएको हो ।

दमकमा भएको छलफलले यस्तो निर्णय लिएको हो । यसभन्दा अघि समेत बारम्बार रुपमा अग्रवाललाई अघि सार्न खोजिएपनि सर्वसम्मत नेतृत्वका लागि उनले त्याग गर्दै आएको र यसपटक डिस्ट्रिकमा उनलाई अघि सार्ने निर्णय भएको हो ।

डिस्ट्रिकमा यो पटक यस पदमा झापाका उम्मेद्वार उठाउने सहमति भएको थियो । अघिल्लो पटक सर्वसम्मत नेतृत्व चयनका लागि अग्रवाललाई उम्मेद्वार नबन्न आग्रह गरिएको र उक्त सहमति बमोजिम नै अग्रवालाई साझा उम्मेद्वारको रुपमा अघि सारिएको लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरीले बताए ।

अघिल्लो पटक लायन्सका सबै अगुवाहरुले अग्रवाललाई नै अघि सार्ने भनेर साझा प्रतिबद्धता गरेको र सोहि प्रतिबद्धता बमोजिम अग्रवालाई साझा उम्मेद्वारको रुपमा अघि सारिएको समेत चौधरीको भनाईरहेको छ ।

सेवामूलक सामाजिक संस्थाको रुपमा रहेको लायन्समा बिगतको प्रतिबद्धतालाई कसैले पनि नभुल्ने भनेकाले हामीले अग्रवालाई अघि सारेका छौ र सर्वसम्मत हुनेमा विस्वस्थ छौ, उनको भनाई रहेको छ ।

लायन्स क्लव अफ झापा दमकका सचिव विष्णुप्रसाद पोखरेलका अनुसार लायन्स क्लव ईन्टरनेशन ३२५ सि मा अग्रवालको उम्मेद्वारीको बिषयमा अघिल्लो पटक नै सहमति भएको र उक्त सहमति पालना हुने जनाए । सहमति अनुसार अग्रवाल सर्वसम्मत रुपमा सेकेण्ड भ्याइस गर्भनरमा निर्वाचित गराउन लायन्सका सबै लिडररु लाग्नुहुनेछ, उनको भनाई छ ।

लायन्सका पुराना लिडर गोपाल अग्रवालले आफु समेत दाबीमा रहेपनि बिगतको सहमतिलाई मध्यनजर गर्दै अब अजय अग्रवाललाई नै अघि सारिएको बताए । उनले निर्विवाध रुपमा उनी सर्वसम्मत बन्नेमा आफु आशाबादी रहेको जनाए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *