दमक, २० फागुन–दमक बहुमुखी क्याम्पसको सञ्चालक समितीको अध्यक्षमा नेपाली कांग्रेसका नेता ढुण्डिराज भण्डारी निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा राप्रपाकी नेतृ रीता बस्नेत श्रेष्ठ निर्वाचित भएकी छन् ।

अध्यक्षमा नेकपा (एमाले) का नेताा अम्बिका खनाल र कांग्रेस नेता भण्डारीबीच प्रतिस्पर्धा भएको थियो । कुल १६ मतदाता मध्ये १५ जनाले मतदानमा सहभागिता जनाएका थिए । सो मतदानबाट अध्यक्षमा भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले अध्यक्षका प्रतिस्पर्धी एमाले नेता खनाललाई पराजित गरेका हुन् । भण्डारीले १० मत पाउदा खनालले ५ मत मात्रै पाएका थिए ।

यस्तै, उपाध्यक्षमा राप्रपाकी नेतृ रीता बस्नेत श्रेष्ठ निर्वाचित हुदाँ माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नु भएका बेदु गौतम पराजीत भएका छन् । श्रेष्ठले ९ र गौतमले ६ मत पाएका थिए ।

यस्तै, दमक बहुमुखी क्याम्पस सञ्चालक समितिको सदस्यहरुमा सुरेश सुब्बा, शेरबहादुर भट्टराई, भीम पौडेल, अम्बिका खनाल, बोधराज घिमिरे, मोहन धिमाल, देउ कुमार नेम्वाङ, नरहरी दाहाल, राम गिरी, नेत्र बुढाथोकी रहनु भएको छ ।

यसैगरि, दमक बहुमुखी क्याम्पस सञ्चालक समितिको पदेन सदस्यमा निवर्तमान अध्यक्ष देवि दाहाल र दमक नगर प्रमुख राम कुमार थापा छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *