दमक, २० फागुन–मार्च ८ अर्थात अन्तराष्ट्रिय नारी दिवसलाई लक्षीत गरेर झापाको दमकमा दोस्रो पटक महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

दमक नगर भलिबल विकास समितिले आयोजना गर्ने सो प्रतियोगिता सम्बन्धी जानकारी गराउने उदेश्यले दमकमा आज पत्रकार सम्मेलन गरिएको छ । प्रदेश भरीका महिला भलिबल खेलाडीहरुलाई दमकमा भेला गरिन लागेको सो पत्रकार सम्मेलनमा आयोजका संस्थाले जनाएको छ ।

पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय भलिबल खेलाडी गजेन्द्र देवानले दमक नगरपालिका भित्र राजनैतिक दम्वका कारण यो पटक नगरले खेलकुद आयोजना गर्न सहयोग नगरिएकोप्रति दुःख व्यक्त गर्नुभयो । ।

खेलाडीको मनोवबल घटाउने काम नगरका जनप्रतिनिधीले गरेका छन् । यसबाट समग्र खेलकुद जगतकैलागि दुखद् कुरा हो । उहाँले पत्रकार सम्मेलनका क्रममा बताउनु भयो ।

अघिल्लो वर्ष प्रतियोगीताको प्रथम हुनेले २ लाख रुपैँया प्रथम पुरस्कार पाएका थिए । यस वर्ष पुरुस्कारको राशी ५० हजारमा झरेको छ । यस्तै, अघिल्लो वर्ष द्धितिय पुरस्कारनै एक लाख थियो । यो पटक भने ३० हजार मात्रै रहेको छ ।

यो पटक १० वटा भलिबल टीमहरुले प्रतियोगितामा सहभागीता जनाउने आयोजक समितीका सचिव राजु धिमालले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रयोजक कोशी प्रदेश भलिबल सघं रहेको छ ।

यहि फागुन २४ गते उद्धघाटन हुने प्रतियोगिता २६ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिता दमकस्थित हिमालय माविको खेल मैदानमा हुने जनाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *