काठमाडौं, २१ फागुन–इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। शनिबार राति भएको खेलमा आर्सनलले बर्नेमाउथलाई ३-२ गोल अन्तरले हराएको हो।
घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो। खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए। खेलको ५७ औं मिनेटमा मार्कोस सेनिसीले गोल गर्दै बर्नेमाउथलाई २-० को अग्रता दिलाए। तर, खेलको ६२ औं मिनेटमा थोमस पार्टीले गोल गर्दै आर्सनललाई २-१ को स्थितिमा ल्याए।
खेलको ७० औं मिनेटमा बेन ह्वाइटले गोल गर्दै आर्सनललाई २-२ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको इन्जुरी समयमा रेइस नेल्सनले गोल गर्दै आर्सनललाई ३-२ को जित दिलाए।
जीतसँगै आर्सनलले २६ खेलमा ६३ अंक जोडेको छ। आर्सनल शीर्ष स्थानमा कायम रहेको छ। बर्नेमाउथ २१ अंक जोडेर १८ औं स्थानमा रहेको छ।
गएराति नै भएको अर्को खेलमा चेल्सीले लिड्स युनाईटेडलाई १-० गोल अन्तरले हराएको छ। यसै गरी म्यानचेुस्टर सिटीले न्यूक्यासललाई २-० ले पराजित गर्यो।
