दमक, २२ फागुन–कमल गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता हुकुमसिंह राईले जन्मदिनको अवसर पारेर आफ्नो पालिकाभित्र सामाजिक तथा परोपकार सेवालाई निरन्तरता दिएका छन् ।

कांग्रेस कोशी प्रदेश समिति सदस्य समेत रहेका गाउँपालिका अध्यक्ष राईले यस बर्षको जन्मदिन पालिका भित्रका दिर्घरोगी र अहहायलाई घर-घरमै नगद सहयोग गरेका छन् । जन्मदिनको अवसर पारेर आजै नेता राईले कमल अस्पतालमा आएका बिरामी र कुरुवाहरुलाई फलफूल वितरण गरेर मनाएका हुन ।

सोमबार कमल गाउँपालिकाका विभिन्न वडाका असहाय तथा दिर्घरोगीहरु चार जनालाई घरघरमै पुगेर जनही ११ हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरेका हुन ।

उनले पालिकाको वडा नं ४ जीवन चौकस्थित चन्द्रेश्वर पाञ्चायन शिवालय मन्दिरमा दर्शन गरेका छन् । सो क्रममा मन्दिरका पण्डित अबिचन्द्र भण्डारी लगायत त्यहाँ भेला भएका सर्वसाधारणहरुबाट आशिर्वाद लिँदै मन्दिरमा आवश्यक बिद्युतीय पंखा र बिजुली बत्तीसमेत उपलब्ध गराएका छन ।

त्यस्तै वडा नं ६ मै रहेको धर्मज्योती किर्तन मण्डलीलाई एक थान हार्मोनियम र वडा नं ७ का मुसहर (ऋषिदेब) समुदायको सामुहिक कार्यक्रममा प्रयोग गर्न आवश्यक भाँडा वर्तन आदी उपलब्ध गराएका छन ।

अध्यक्ष राईले जन्मदै अपाङगताका कारण कष्टकर जीवन बिताइरहेकी वडा नं १ कि यास्मिका डाँगी, मनासिक स्वास्थ्य समस्याका कारण ओछयान परेका कमल ४ का मिनबहादुर सेन्चुरी, मिर्गौला सम्बन्धि समस्याबाट पीडित भइ भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचाररत कमल ३ सानो केर्खाका निर्मल फियाक र कमल २ का दिर्घरोगी पूर्णबहादुर दर्जीलाई जनही ११,००० रुपैयाँका दरले आर्थिक सहायता रकम हस्तान्तरण गरेका हुन ।

अध्यक्ष राईले कमल अस्पतालमा बिरामी तथा बिरामीका कुरुवा र सहयोगीहरु समेत ७० जनालाई स्याउ, अंगुर, फ्रुटी लगायतका प्याकेज उपलब्ध गराएका हुन ।

बिरामी तथा कुरुवाहरुलाई फलफुल उपलब्ध गराउँदै साक्षात्कार समेत गरे । सो अवसरमा आम नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच बढाउनु पहिलो प्राथमिकता भएको बताउँदै अस्पतालबाट उपलब्ध सेवाबाट अधिकतम लाभ लिन आग्रह गरे । मैंले घर घरमा पुगेर बिरामीहरुको समस्यालाई नजिकबाट बुझेको छु ।

सो अवसरमा कमल अध्यक्ष तथा कांग्रेस नेता राईसहित कमल–२ का वडाअध्यक्ष अशोक लिम्बू, कमल ६ का वडा सदस्य ओमनाथ पराजुली, कांग्रेस प्रदेश सभा (२) का कोषाध्यक्ष दिनेश अधिकारी, नेपाल प्रेष युनियन माईपश्चिम क्षेत्रीय समिति दमकका सभापति बिष्णु सुब्बा, अग्रज पत्रकार बिष्णु सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष राईले यसअघि जन्मदिनको अवसर पारेर आगलागी पीडितहरुलाई नगद राहत, अपाङगता भएकाहरुलाई ह्वीलचियर, विपन्न नागरिकलाई घर बनाइदिने लगायतका सेवामुलक काम गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *