शिवसताक्षी, २२ फागुन–झापाको शिवसताक्षी (दुधे) मा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको उपाधि तरहरा भेट्रान क्लब सुनसरीले उचालेको छ ।

आयोजक दुधे भेट्रान क्बललाई फराकिलो गोल अन्तरले तरहरा भेट्रान क्लब विजेता भएको हो । तरहरा भेट्रानले ४–१ गोल अन्तरले हराउँदै तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको च्यापियन बनेको हो ।

खेलको पहिलो हाफको १९ औ मिनेटमा तरहरा भेट्रानको तर्फबाट जर्सी नं १० का सन्तोष राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ३५ औं मिनेटमा दुधे भेट्रानका तर्फबाट जर्सी नं ९ का भिष्म खरेल ‘विनोद’ ले गोल गरेपछि खेल बराबरीमा रहयो ।

दोस्रो हाफको १ मिनेट मै तरहराका तर्फबाट जर्सी नं ६ का सन्तोष बस्नेतले एक गोल थप गर्दै खेललाई अग्रता दिएका थिए । दोस्रो हाफमा लगातार ८ औं मिनेट र २४ औं मिनेटमा तरहरा तर्फका सन्तोष राईले गोल गर्दै हेट्रिक गर्न सफल भए ।

खेलको म्यान अफ दी म्याच र हाइ स्कोरर तरहराका सन्तोष राई घोषित भए । वेष्ट गोल किम्पर तहराका किरन बढुवाल, वेष्ट डिफेन्डर विष्णु सुुनुवार घोषित भए । बेष्ट मिडफिल्डर दूधे भेट्रानका सचिन्द्र धिमाल र मेन अफ दी टुर्नामेन्ट भिष्म खरेल ९ विनोद० घोषित भएका थिए ।

विजेता टिमले नगद रु १ लाख १ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेता दुधे भेट्रान क्लबले रु ५१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उनीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले प्रदान गरेका थिए । तेस्रो कर्णबहादुर स्मृति भेट्रान कप फागुन १५ गतेदखि दुधे रंगशालामा सञ्चालन भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *