दमक, २५ फागुन–विद्यार्थी राजनीति र शैक्षिक आन्दोलनले कुनै समयदेखि चर्चित झापाको दमकस्थित दमक बहुमुखी क्याम्सपमा स्ववियु निर्वाचनको रौनक बढेको छ । चैत ५ गते सम्पन्न हुन लागेको स्ववियु निर्वाचनमा विद्यार्थीहरु आ–आफ्नो संगठनका उम्मेदवार छनौट गर्न र उम्मेदवारहरुको प्रचारप्रसारमा विद्यार्थी नेताहरुले सक्रियता देखाएका छन् ।

यसैबीच, दमक बहुमुखी क्याम्पसमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको तर्फबाट कोषाध्यक्ष पदमा रबीन अधिकारीले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनीतिमा सक्रिय हुदैं क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको साझा शैक्षिक समस्याहरुलाई प्रशासनसंग राख्न सक्ने नेता अधिकारीले दमक बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

विसिए सातौं पुरा गरिसकेका रबीन अधिकारीको स्थाई ठेगना दमक–६ हो । अध्ययननसंगैं विद्यार्थीहरुलाई परेका समस्या र पीडामा नजिक रहेर राजनीतिमा क्रियाशिल विद्यार्थी नेता अधिकारीको चर्चा दिनानुदिन बढ्दौ छ । शालिन, अनुशासित, लगनशिल, मिहेनती, मृद्धभाषी, विद्यार्थीहरुको समस्यामा चुप लागेर बस्न नसक्ने रबीन अधिकारीको मुख्य विशेषता हो ।

सवै उमेर र सवै तहमा अध्ययनरत विद्यार्थीहरुबीचमा लोकप्रिय विद्यार्थी नेता अधिकारीलाई जिताउन विद्यार्थीहरुबाट गोप्य रुपमा अभियान सुरु भएको छ । कतिपय विद्यार्थीहरुले नाम नखुलाउने सर्तमा भने–जुनसुकै विद्यार्थी संगठनबाट होस, तर रबीन अधिकारीको असल व्याक्तित्वले मतदान गरे बिजय गराउनेछौं ।

यता, दमक बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले कोषाध्यक्षमा उम्मेदवारी बनाउने प्रस्ताव गरिएको संगठनका केन्द्रिय उपाध्यक्ष तथा दमक बहुमुखी क्याम्पसका निर्वाचित स्ववियु सचिव रोशन भण्डारीले जानकारी दिए ।

स्ववियू कार्यवहाक सभापतिको जिम्मेवारी समेत सम्हालिसक्नुभएका विद्यार्थी नेता भण्डारीले दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियूको तर्फबाट रबीन अधिकारीलाई कोषाध्यक्षमा उम्मेदवारी बनाइएको बताए । भण्डारीका अनुसार विद्यार्थीहरु परिवर्तनको पक्षमा रहेको र दमक बहुमुखी क्याम्पसमा देखिएका शैक्षिक बिकृती र विसंगती विरुद्ध विद्यार्थी राजनीति संगठनहरुले महत्वपूर्ण भूमिका देखाउन पर्छ ।

यता, अनेरास्ववियूका केन्द्रिय सदस्य तथा नेकपा (एकीकृत समाजवादी) दमकका नेता मदन गुरुङले दमक बहुमुखी क्याम्पसमा यसअघिको स्ववियू निर्वाचनबाट रोशन भण्डारी सचिवमा सानदार बिजयपछि वहाँको नेतृत्वले क्याम्पसको शैक्षिक समस्या र अन्यौलतालाई निर्मुल गर्न सफल भएको बताए ।

यता, कोषाध्यक्ष पदका उम्मेदवार अधिकारीले दमक बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको निम्ति पुराना पुस्ताकालयलाई व्यवस्थित गर्न, प्रविधिको विकास अनुसार विद्यार्थीहरुको सहजताका निम्ति इलाइव्रेरी स्थापना गर्न, सौचालय र खानेपानीको सरसफाईसहित महिला विद्यार्थीहरुका लागि सुविधासहितको सौचालय निर्माणमा प्रशासनर्सग पटक पटकको प्रयासपछि सफल भएको बताए ।

अधिकारीका अनुसार कोभिडको समयमा विद्यार्थीहरुको स्वास्थ्य समस्या र दैनिक उपभोग्य सामाग्रीहरुको अभाव हुन नदिन विभिन्न सहयोगी दाताहरु मार्फत घरघरैमा पुगेर वितरण गरिएको छ । त्यस्तैं, कोभिडपछि विद्यार्थीहरुलाई क्याम्पसमा शुल्क मागिरहेको समयमा प्रशासन बिरुद्ध शूल्क नलिन विद्यार्थीहरुबाट जनदबाब सृजना गरिएको अधिकारीले जनाए ।

अनेरास्ववियू दमक बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष आयुषमान पोख्रेलले स्ववियू निर्वाचनलाई लक्षित गरेर उम्मेदवार र मतदाता विद्यार्थीहरुबीच भेटघाट र चिनजानका कार्यक्रमहरुलाई तिब्रता दिइएको बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *