दमक–राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका अध्यक्ष छत्रबहादुर प्रधानले ज्येष्ठ नागरिकप्रति राज्य र परिवारको दायित्व अपर्याप्त भएको बताउनुभएको छ । वहाँले राज्यले सेवासुविधाका आधार तयार पारे पनि पारिवारिक रूपमा हेलाँ र उपेक्षाको अवस्था अझै यथास्थितीमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

शुक्रबार, झापाको दमकमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रिय जेष्ठ नागरिक महासंघ नेपालका केन्द्रिय अध्यक्ष प्रधानले यस्तो औल्याउनुभएको हो । जेष्ठ नागरिक महासंघ झापा शाखाको अधिवेशनको क्रममा झापा आइपुग्नुभएका अध्यक्ष प्रधानलले नेपालमा हाल ३० बढी जेष्ठ नागरिकहरु संस्थागत रुपमा आवद्ध रहेको बताउनुभएको छ । वहाँले जेष्ठ नागरिकहरुको जीवन भोगाई र उनीहरुको परिवार अवस्थाको बारेमा समीक्षा हुन जरुरी रहेको बताउनुभएको छ ।

शान्ति तथा सञ्चार मञ्च नेपाल कमल–५ झापाको आयोजनामा सो पत्रकार भेटघाट कार्यक्रम भएको हो । सो पत्रकार भेटघाटका अध्यक्षता शान्ति तथा सञ्चार मञ्च नेपालका अध्यक्ष तथा पत्रकार पंकज दाहालले गर्नुभएको थियो । सो कार्यक्रममा प्रधानले ज्येष्ठ नागरिकको जीवनलाई सहजता प्रदान गर्न वृद्ध व्यवस्थापन तालिम आवश्यक रहेको समेत बताउनुभएको छ।

कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ झापाका सचिव जय प्रसाद संगौलाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक महासंघ झापाका पूर्र्व अध्यक्ष भवानी प्रसाद दाहाल, दमकका संरक्षक लक्ष्मी प्रसाद थपलिया, लगायत ठूलो संख्यामा ज्येष्ठ नागरिकहरुको उपश्थिति रहेको थियो ।

राष्ट्रिय जेष्ठ नागरिक संघ दमकका अध्यक्ष रघुनाथ खरेलले धन्यवाद मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तोमप्रसाद बास्कोटाले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *