दमक, २८फागुन–कोशी प्रदेश नामांकन खारेजीको मागसहित बन्द गराउँदै हिड्ने २५ जना प्रर्दशनकारीलाई दमकसहित झापाबाट पक्राउन गरेको छ ।

पहिचानवादी राजनीतिक दल तथा जातिय संस्थाहरुले प्रदेश नामकरणमा असन्तुष्टि जनाउदै जारी आन्दोलनको कार्यक्रम अन्तर्गत आज प्रदेशव्यापी आमहड्तालको आयोजना गरेका छन् । आमहड्ताललाई सफल बनाउन आव्हान गदैं सडकमा उत्रिएका प्रर्दशनकारीहरुलाई ठाउँठाउँमा प्रहरीले धरपकड गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले अहिलेसम्म २५ जना बन्दकर्तालाई पक्राउ गरिएको बताए । उनका अनुसार दमकबाट दमकबाट पहिचानवादी नेताहरु प्रेमदिप थाम्सुहाङ्ग, योगेश मादेन, याम लोरिङदेन, श्याम मादेन, बेनु लिम्बू, अबि चेम्जोङ, डिकबहादुर मादेन र महेन्द्र चाम्लिङ राई, बन्दना नेम्बाङ्ग लगायत पक्राउ परेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

त्यस्तैं, आजको बन्द कार्यक्रम अन्तर्गत बिर्तामोडबाट ८, काँकडभिट्टाबाट ५ र चारआलीबाट एकजना पक्राउ परेका छन् । बिर्तामोडमा बन्दकर्ताहरुले एउटा ट्रक र अर्को कारलाई तोडफोड गरेको र ८ जना बन्दकर्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

विभिन्न राजनीतिक दल र जातीय संगठनहरुले झापासहित पूर्वका १४ जिल्लामा आज बन्दको आव्हानका कारण पूर्वको जनजीवन प्रभावित हुन पुगेको छ ।

वन्दकाक्रममा शैक्षिक संस्था, उद्योग,व्यापार, यात्रुवहाक गाडीहरु बन्द छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु उत्रिएका हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *