काठमाडौं, २९ फागुन–नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरे लगत्तै राजदूत नियुक्त गर्दै पहिलो निर्णय गरेका छन् ।

राष्ट्रपति पौडेलले आज (सोमबार) पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालय सूचाना जारी गर्दै जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *