दमक, १ चैत–पूर्वको प्रसिद्ध र चर्चित मानिएको झापा दमकस्थित दमक बहुमुखी क्याम्पसको आसन्न स्ववियु निर्वाचनमा उम्मेदवारी दिएको सोविन न्यौपाने नेतृत्वको टिमका उम्मेदवारहरु र सो टिमको संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ ।

बुधबार क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रमकाबीच टिमका तर्फबाट सभापति पदका उम्मेदवार न्यौपाने, सचिव पदका उम्मेदवार दिपक लिम्बु, कोषाध्यक्ष पदका उम्मेदवार रविन अधिकारीसहित सदस्य पदका उम्मेदवारहरुले संयुक्त रुपमा सो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन । न्यौपाने नेपाल विद्यार्थी संघको तर्फबाट सभापतिको उम्मेदवार हुन् भने सचिव पदका उम्मेदवार लिम्बु नेविर्सघ र कोषाध्यक्ष पदका उम्मेदवार अधिकारी अनेरास्ववियूको तर्फबाट हुन् ।

न्यौपाने नेतृत्वको सो टिमबाट कार्यसमिति सदस्यहरुमा हेमन्त सिटौला, हिमान्सु जयसवाल, रविना प्रसाइँ,सायन साम्पाङ, सन्दिप खडका, कैलाश राई, सविन गौतम र देवेन्द्र पौडेल उम्मेदवारका रुपमा रहेका छन ।

न्यौपानेले नेतृत्व गरेको प्यानलमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), नेकपा (एकीकत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू), जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब निकट अखिल क्रान्तिकारी लगायत विद्यार्थी संघसंगठनहरुको दमक बहुमुखी क्याम्पसमा चुनावी गठबन्धन छ ।

रबिन अधिकारीः कोषाध्यक्ष पदका उम्मेदवार
दमक बहुमुखी क्याम्पस

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै न्यौपानेले निरन्तर बिद्यार्थीहरुको सुखदुखमा साथ दिन आफूले बिद्यार्थीहरुको नेतृत्व लिने तयारी गरेको बताए । उनले ५ चैत्रमा हुने स्ववियु निर्वाचनमा बिद्यार्थीहरुले काम गर्न सक्ने सक्षम, सवल र सच्चा बिद्यार्थी नेतृत्वको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे । उनले क्याम्पसमा चुनाव आउँदा राजनीति गर्नैका लागि बिद्यार्थी भएका उम्मेदवार र वास्तविक रुपमै बिद्यार्थी रहेर बिद्यार्थीको हक अधिकारका लागि नेतृत्व लिन खोज्ने समुहको पहिचान बिद्यार्थीहरुले गरिसकेको उल्लेख गरे ।

सो अवसरमा नेपाली कांग्रेस निकटको नेविसंघ दमक बहुमुखी क्याम्पस इकाई सभापति अतित वान्तवाले बिद्यार्थीहरुमाझ परिचित र सधै बिद्यार्थीहरुको सुखदुखको सारथी बनेका सोवित न्यौपाने दमक बहुमुखी क्याम्पसको स्ववियुका लागि निर्विकल्प नेतृत्व भएको बताए । सभापति वान्तवाले सबै किसिमका भ्रम र चरम राजनीतिक गुटबन्दीको प्रभावबाट मुक्त भएर आम बिद्यार्थीहरुको साझा र सक्षम नेतृत्व लिन सक्ने न्यौपाने नेतृत्वको टिमलाई विजयी गराउन बिद्यार्थीहरुलाई आव्हान गरे ।

सो अवसरमा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका केन्द्रिय उपाध्यक्ष तथा दमक बहुमुखी क्याम्पसका कार्यवहाक स्ववियू सभापति रोशन भण्डारीले विभिन्न किसिमका छात्रवृत्ती वितरण, प्राथमिक उपचार कक्ष सञ्चालन, विज्ञान प्रयोगशाला व्यवस्थित र प्रभावकारी बनाउने लगायतका महत्वपूर्ण योजनाहरुसहितको प्रतिबद्धता साथ आएको न्यौपाने नेतृत्वको टिम निर्विकल्प टिम भएको उल्लेख गरे ।

हेमन्त (अब्जल) सिटौला सदस्य पदका उम्मेदवार
दमक बहुमुखी क्याम्पस

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *