दमक, १ चैत–झापाको दमक-१ बाट ठूलो परिमाणमा ब्राउनसुगरसहित श्रीमान-श्रीमती पक्राउ परेका छन् । मंगलबार बेलुका दमक–१ मा लागुऔषध बिक्री भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दमक–७ का २३ वर्षीय रविन कटुवाल र उनको श्रीमती २१ वर्षीया अनिता बिकलाई ६ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यसैगरी, सोही दिन मोरङको बिराटनगर महानगरपालिका–१५ ढाट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को २७ प ८८९५ नम्बरको मोटरसाइकलको ट्याङकी मुनि लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ७८ मिलि ग्राम ब्राउन सुगर फेला पारेसँगै मोटरसाइकलमा सवार रहेका धरान-८ का ३० वर्षीय जंगमनी मगर र धरान-७ का २७ वर्षीय बिक्रम राईलाई पक्राउ गरेको हो ।
लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।
