दमक, ५ चैत–झापाको दमकमा प्रशिक्षणमा सहभागि तेक्वान्दो दोजाङका खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न भएको छ । दमक सगरमाथा तेक्वान्दो दोजाङको आयोजनामा सर्वोदय अंग्रेजी विद्यालयको खेल मैदानमा प्रशिक्षण गरिरहेका ३४ जना खेलाडीहरुको ग्रेडिङ गरिएको हो ।
झापा जिल्ला तेक्वान्दो संघका अध्यक्ष बाबुलाल सुब्बाको उपस्थितिमा खेलाडीहरुको खैल कला कौशलता, क्षमता, अनुशासन, लगनशिलता लगायतको मुल्याङ्कनका आधारमा ग्रेडिङ गरिएको दमक सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष जितु धिमालले जानकारी दिए ।
तेक्वान्दो खेलका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक समेत रहनुभएका तेक्वान्दो संघ झापाका अध्यक्ष सुब्बाले दमकमा प्रशिक्षणमा रहेका ३४ जना खेलाडीहरुबीच १३ जना खेलाडीहरुलाई डबल प्रमोशन गरिएको बताए ।

यसरी डबल प्रमोशन हुनेहरुमा वाइट बेल्ट (सेतो) बाट रबिना राई, निमा राई, निर्जला घिमिरे छन् भने यलो वेल्ट (पहलो) बाट इक्सा लिम्बू, लक्की लिम्बू, जुन लिम्बू, रञ्जिता तामाङ, सुप्रिया लिम्बू, देन्सु योगी, निकिता तामाङ, नयुङ लिम्बू, दिपशिखा लिम्बू र अर्पण धिमाल छन् ।
सो अवसरमा जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष तथा पूर्व अन्तराष्ट्रिय खेलाडी समेत रहनुभएका प्रशिक्षक सुब्बाले ग्रेडिङमा सहभागि खेलाडीहरु उज्वल भविश्यको कामना गरे ।
सो अवसरमा उनले खेलाडीहरुले खेल क्षेत्र मार्फत आफ्नो भविश्य समेत जोड्न आवश्यक रहेको बताए । उनले झापामा सवै पालिकाहरुमा तेक्वान्दो खेलको संस्थागत विकास भइरहेको र दमकमा तेक्वान्दो खेलको प्रचारप्रसारसहित खेलाडीहरुको क्षमता बृद्धि विकासमा एकजुट भएर लाग्न आग्रह गरे ।
खेलाडी ग्रेडिङ कार्यमा तेक्वान्दो खेलाडी तथा प्रशिक्षक अस्मिता सुब्बा, प्रतिमा तामाङ लगायतको उपस्थिति थियो ।

