काठमाडौँ, ६ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत लिए लगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीमाझ दुई-चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् ।
उनले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग मङ्गलवार बिहानदेखि छलफल सुरु गर्ने पनि जानकारी दिए ।
आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने प्रधानमन्त्रीले दाबी गरे । उनले भने, ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानदेखि सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ ।
जो-जो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ, सबैसँग बसेर २-४ दिनभित्रमै सबै टुङ्ग्याउने अनि काम गर्ने विचार छ ।’
