काठमाडौं, ७ चैत–नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको हो ।

बैठकमा कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

कार्यदलले गठबन्धनका अन्य दलहरूसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को को सरकारमा जाने भन्ने विषयमा छलफल गर्नेछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *