दमक, ७ चैत–दमक नगर इसाई समाजको प्रथम साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुनः पाष्टर आकाश थुलुङ राई (धनकुमार) लाई निर्वाचित गरेको छ ।

दमकस्थित ज्योती चर्चमा आज (मंगलबार) सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले दमक नगर इसाई समाजको आगामी कार्याकालका लागि पाष्टर राईको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो ।

सो समितिको उपाध्यक्षद्धयमा पाष्टर हेमन्त लिम्बू, पाष्टर सन्तोष रणपहेली, सचिवमा पाष्टर अजय पाठक, सहसचिवमा सुरज लिम्बू, कोषाध्यक्षमा एल्डर दिपेन्द्र नेम्बाङ छन् ।

त्यस्तैं, समितिको सदस्यहरुमा पाष्टर मिना भट्टराई (लिम्बू), डिकन धर्मा लिम्बू, डिकन सुधिर बाल्मिकी, पाष्टर जोन चाम्लिङ राई र एल्डर धनकुमार धिमाल छन् ।

यसअघि, साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा अनुग्रह मण्डली धरानका पाष्टर तथा इसाई समाजम अगुवा पाष्टर परशु गुरुङले असल र सुकर्मका लागि इसाई समाजले आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताए ।

उनले हामी मान्छेहरुमा रिस, राग, अहंकार, डर, लोभ त्यागेर प्रेम, करुणा, शान्ति, सद्भाव, आनन्द, सहिष्णुताको विकास गर्दै समाज र राष्ट्रलाई योगदान गर्न इसाई धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह गरे ।

पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा आयोजित साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि समेत रहनुभएका पाष्टर परशु गुरुङले बाइबलमा भएका विभिन्न श्लोक (लाइन) हरु बाचन गर्दै हौसल्ला, उत्प्रेरणा र सम्मानका बिचारहरु राखेका थिए ।

उनले बाइलबमा सुकर्म गर्नु र त्यसको प्रचार गुर्न भन्ने उपदेशलाई समाजमा देखाउन समेत इसाई धर्मावलम्बीहरुलाई आग्रह गरेका थिए ।

सो अवसरमा दमक नगर इसाई समाजको तर्फबाट अध्यक्ष पाष्टर राईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले दमक नगर इसाई समाज स्थापना भएको २६ वर्षपछि संस्थागत रुपमा कानूनी मान्यता पाएको जानकारी गराए ।

संस्था स्थपाना भएको लामो समयपछि पुनः संस्थाले बार्षिक साधारणसभा र अधिवेशनलाई प्रथम चरणबाट अघि बढाउनुपर्ने कानूनी बाध्यता रहेको बताए ।

सो सभामा रेभ एन डी थुलुङ, पाष्टर किशोर सुनुवार, पाष्टर राजकुमार राई नाछिरिङ, पाष्टर दावा शेर्पा, पाष्टर राजकुमार थुलुङ, पाष्टर प्रकाश थापा, पाष्टर मुक्ति किराती थुलुङ, आमा दिदीबहिनी संगतिका अध्यक्ष रोजी शेर्पा, युवा संगति दमकका अध्यक्ष सुरज लिम्बू लगायतको उपस्थिती थियो ।

संस्थाका सचिव पाष्टर कुमार तामाङको सञ्चालन, उपाध्यक्ष पाष्टर हेमन्त लिम्बूको स्वागत मन्तव्य रहेको कार्यक्रमको अवसरमा पाष्टर किशोर सुनुवारले उद्घाटन र समापनमा रेभ एन डी थुलुङले प्रार्थना गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *