दमक, ७ चैत–झापाको दमकमा सञ्चालित तेक्वान्दो दोजाङका प्रशिक्षार्थी खेलाडी विद्यार्थीहरुको वेल्ट ग्रेडिङ तथा दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।
दमकस्थित सर्वोदय अंग्रेजी मा्रध्यमिक विद्यालयको खैल मैदानमा दमक सगरमाथा तेक्वान्दो दोजाङले सञ्चालन गरेको प्रशिक्षणमा सहभागि ३४ जना खेलाडी विद्यार्थीहरुको वेल्ट ग्रेडिङ गरिनुका सार्थै दीक्षान्त गरिएको हो ।

दमक सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष जितु धिमालले वेल्ट ग्रेडिङमा सहभागि खेलाडी विद्यार्थीहरुको खेल जीवनमा उन्नती र प्रगतिको कामनाका साथ दीक्षान्त गर्न सफल भएको बताउनुभयो ।
दीक्षान्त समारोहमा पूर्व सांसद तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, नेपाली कांग्रेस प्रदेश सदस्य तथा दमकका सामाजिक अगुवा भूमिराज राई, प्रशिक्षक प्रतिमा तामाङले खेलाडी विद्यार्थीहरुलाई वेल्ट वितरण गर्नुभएको थियो ।

सो क्रममा पूर्व सांसद लिम्बूले खेलाडीहरुको सिप विकास र क्षमता निर्माणका लागि खेल जीवनमा अनुशासन र् लगनशिलता हुन आवश्यक रहेको बताउनुभयो ।
यसअघि, जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बाले विद्यालयमा सहभागि भएर खेल प्रशिक्षण लिइरहेका प्रशिक्षार्थी खेलाडीहरुको परिक्षा लिनुभएको थियो । सो क्रममा वहाँले खेल जीवनमा खेलाडीहरुले आफ्नो अनुशासन र लगनशिलतालाई ध्यान दिन आवश्यक रहेको बताउनुभएको थियो ।

मेचीनगर १४ का वडा अध्यक्ष समेत रहनुभएका सुब्बाले दमक सगरमाथा तेक्वान्दो दोजाङमा सहभागि ३४ जना खेलाडीहरुबीच १२ जनालाई डबल प्रमोशन गर्नुभएको थियो । त्यस्तैं, सो विद्यालयमा सञ्चालन भइरहेको प्रशिक्षणमा सहभागि खेलाडीहरुलाई वेल्ट ग्रेडिङ गराउनुभएको थियो ।
बेलायतमा बसोबास गरिरहनुभएका पूर्व बिट्रिस आर्मी तथा तेक्वान्दो दोजाङका अन्तराष्ट्रिय खेलाडी एबम प्रशिक्षक राष्ट्रकुमार राईले नेपालमा यस खेलको सुरुवात गरेका हुन् । सगरमाथा तेक्वान्दो दोजाङका संस्थापक तथा अन्तराष्ट्रिय खेलाडी एबम प्रशिक्षक राईको विशेष भूमिकामा यस खेलले नेपालमा दर्ता पाएको र क्रमिक रुपमा नेपालको दमक लगायत देशको विभिन्न जिल्लाहरुमा यस खेलको प्रशिक्षण र प्रतियोगिताहरु सञ्चालन भइरहेको दमक सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष जितु धिमालले जानकारी दिए ।

