विराटनगर, १० चैत–प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको प्रदर्शनको क्रममा घाइते भएको एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।
यही चैत ५ गते विराटनगरमा प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत लाजेहाङ सुक्वाबा लिम्बूको निधन भएको हो।
गएराति २स्३० बजे उपचारकै क्रममा उनको निधन भएको जनता समाजवादी पार्टी ९जसपा० नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष जेन्टल लावतीले जानकारी दिए ।
कोशी प्रदेशको नाम खारेज गरी पहिचानसहितको पुनः नामकरणको मागसहित ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले प्रदर्शन गरेको थियो। यसै क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा लिम्बू घाइते भएका थिए।
