दमक, १० चैत–नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वआर्थिक मामिला मन्त्री ईन्द्र बहादुरआङबो (मौषम) को कमलको केर्खास्थित घरमा कालो झण्डा गाडेको भन्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
कमल गाउँपालिका-३ का बिरेन्द्र लिम्बू र बसन्त योङहाङलाई दमक प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । कोशी प्रदेश नामकरणको विरुद्ध पहिचानवादी दलसहित जातिय संस्थाहरु प्रदेश नामकरण शंसोधन गर्न माग राख्दै आन्दोलित छ ।
दुई दिन अघि मात्र आङ्बोलाई लक्षित गरि ताप्लेजुंङमा आन्दोलनकारीहरुले आक्रमणको प्रयास गरेका थिए ।
