दमक, १० चैत–नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  एकले अकोको खुट्टा तानेर होइन पार्टी काम गरेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

एमाले जिल्ला कमिटी झापाले आज विर्तामोडमा आयोजना गरेको मिसन ग्रासरुटको मध्यावधि समिक्षा तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई काम गरेर गतिशिल बनाइ अघि बढन कार्यक्रर्तालाई निर्देशन दिनु भएको हो ।

स्थानिय ठाउँमा आन्तरिक समस्यालाई छलफल र संवाद मार्फत हल गर्दै मिसन ग्रासरुट अभियान मार्फत जनताले विश्वास र भरोसा गरेको पार्टी बनाउनु पर्ने अध्यक्ष ओलीले बताउनु भयो ।

एमाले झापा अध्यक्ष तथा संविधानसभाका सदस्य दिपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले बोल्दै सिद्धान्त भन्दा पनि कार्यकर्ताको पहिला बोली ब्यवहार र सालिनता हुनु पर्ने बताउनु भयो । एक प्रसङ उठाउदै उहाँले पार्टी संगठन सुढढीकरण गर्दै मोलेसंग अघि बढाउन आग्रह गनुृ भयो ।

ब्याग्यात्मक रुपमा धन्न कार्की प्रदेश प्रस्ताव नगरेको भन्दै अध्यक्ष ओलीले प्रदेशको नाम कोशी प्रदेश विधिगत रुपमा पारित गरेकोमा प्रदेश सभासद र मुख्य मन्त्री हिक्कमत कार्कीलाई धन्यवाद दिनु भयो ।

सबैको साझा नाम कोशी भएको,मानव सभ्यता भन्दा नदीको सभ्यता पहिला आएको हुदा कोशी नामकरणको विरोधमा रहेका समुहलाई भावनामा नबग्ने पनि उहाँले आग्रह गर्नु भयो । यो नाम कसैको निजी नभएकोले भ्रममा नपर्न पनि विरोधमा रहेका समुहलाई ओलीको आग्रह छ ।

कार्यक्रममा जिल्ला अध्यक्ष कार्की, उपाध्यक्ष प्रेम गिरी, केन्द्रीय तहवाट खटिएका नेता -सहजकर्ताले मिसन ग्रासरुट अभियानमा भइरहेको पार्टी गतिविधिको रिपोटिङ गर्नु भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *