केर्खा (कमल), १०चैत–झापाको कमल–३ केर्खामा शुक्रवार आयोजित वृहत रक्तदानमा ९७ प्रिन्ट रगत संकलन भएको छ । केर्खास्थित वडा कार्यालयमा आयोजित रक्तदानमा २३ महिला सहित ९७ जनाले रगतदान गरेका हुन् ।

रक्तदान सहारा नेपाल शाकोस, कमल नगर जेसीज र लायन्स क्लव अफ केर्खाको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको थियो ।

कमल नगर जेसीजकी अध्यक्ष रिजु कार्कीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा कमल ३ का वडाअध्यक्ष अग्निप्रसाद कोइराला लगायतले रगतदान गरेका थिए ।

रक्तदाताहरुलाई प्रंशसा स्वरुप फूलको विरुवा हस्तान्तरण गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *