दमक, १० चैत–झापाको दमक ६ मा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संंस्थाले आफ्ना शेयर सदस्यहरुलाई लक्षित गरेर शुक्रबार ‘खुशी जीवन जीउने कला’ सम्बन्धी एक दिवसीय तालिमको आयोजना गरी सम्पन्न गरेको छ ।

कनकाई पार्टी प्यालेसमा आयोजित सो तालिममा संस्कार एकाडेमीका सिईओ राजाबाबु शाहले सहजिकरण गर्नुभएको थियो । सो तालिम सञ्चालन हुनुअघि संस्थाका अध्यक्ष टीकाराज सापकोटाको अध्यक्षतामा कार्यक्रम सुभारम्भ भएको थियो ।

कार्यक्रममा संस्थाका सिईओ अरुण भण्डारी, सञ्चालक राजकुमार खड्का, कर्जा विभाग प्रमुख इश्वर नेपाल लगायत संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, लेखा समितिका संयोजक, सदस्यहरु, विभिन्न उपसमितिका संयोजक, सदस्यहरु, सल्लाहकार समितिका संयोजक, सदस्यहरु, शेयर सदस्यहरु र कर्मचारीहरुको उपस्थिति थियो ।

तालिममा सहजकर्ता राजाबाबु शाहले जीवनलाई खुशी बनाउनका लागि अरु केही गर्न नपर्ने, केवल मनको विकार त्याग गरे पुग्ने बताए । उनले हाम्रो मनभित्र अनेक विकार जमेर रहेको र त्यही विकार कुराले हामी हास्न र खुशी हुने वातबरण नभएको बताए । त्यही विकार हो, जसले हामीलाई खुसी हुन दिदैन । त्यही विकार हो, जसले हामीलाई उमंग दिदैन, शाहले भने ।

हामीभित्र जमेर रहेको विकार हो, दम्भ, प्रतिसोध, इर्ष्या, मोह, वासना, लोभ, आलस्यलाई त्याग्नुपर्ने उनको जोड थियो । शाहले हाम्रो दम्भ, इश्र्या, मोह, वासना, लोभ, आलस्य नै हाम्रो प्रगतिका वाधक भएको बताए ।

उनले हामीभित्र विकार तत्व छन्, त्यसैगरी गुणहरु पनि रहेको बताए । हामीभित्र नै छ, खुसी, हामीभित्रै छ, करुणा, हामीभित्रै छ जाँगर, हामीभित्रै छ प्रेम, हामीभित्रै छ सद्भाव, हामीभित्रै छ संवेदना । यी यस्ता मानविय तत्व हुन्, जसले हाम्रो जीवनलाई रसिलो बनाउँछ, शाहले कथन गरे ।

शाहले भने–’हामी खुसी खोज्न अनेक वाहाना गर्छौ । सिनेमाघर धाउँछौं । डिस्कोथेक पुग्छौं । घरमा भोजभत्तेर राख्छौं । मदिरापान गर्छौं । गाडी खोज्छौं, सुन खोज्छौं, घरजग्गा खोज्छौं । तर, सुख बाहिर होइन, हामीभित्रै छ । हामी आफै सुखका स्रोत हौ । तर, यो स्रोतलाई अवरोध पुर्‍याउने विकार तत्वलाई हटाउनुपर्छ । जब मनबाट लोभ, इर्ष्या, दम्भ जस्ता वाधक तत्वलाई हटाइन्छ, सुख त्यसै प्राप्त हुन्छ ।

‘

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *