दमक, ११ चैत–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १४औं स्थापना दिवस विभिद कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेको मनाएको छ । एक सातादेखि आफ्नो सेवा केन्द्रहरुमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १४औं स्थापना दिवस मनाउन सुभारम्भ गरिएको थियो ।
संस्थाको मुख्य कार्यालय दमकस्थित स्वर्णलक्ष्मी कम्पलेक्समा आज (शनिबार) स्थापना दिवसको समापन गरिएको हो । स्थापाना दिवसको समापन अवसरमा संस्थाले बिहान वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेका थियो । सो रक्तदानमा ५ महिलासहित ४३ प्रिन्ट रगत संकलन भएको संस्थाका सहायक व्यवस्थापक ध्रुब अधिकारीले जानकारी दिए ।
सो अवसरमा संस्थामा आर्थिक बर्ष २०७८।०७९ मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु, बाल बचतकर्ता, विभिन्न विषयगत खाता मार्फत बचत गर्नेहरुलाई मान, सम्मान र पुरुस्कार वितरण गरिएको थियो ।
स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्वतर्फ दमकस्थित हाम्रो बाल आश्रमका १७ जना बालबालिकालाई विद्यालय जाने ब्याग (झोला) सहित खाद्यान्य सामाग्रीहरु वितरण गरिएको थियो । सो अवसरमा आश्रमका अध्यक्ष प्रकाश थापालाई सो सामाग्रीहरु प्रदान गरिएको हो ।

त्यस्तैं, सोही अवसरमा दमक–९ बहुमुखी टोल विकास संस्थालाई २५ थान फूल रोप्ने गमला वितरण गरिएको थियो । दमकमै सुन्दर र सफल टोल विकास संस्थाको रुपमा कार्यक्रमका साथ अघि बढिरहेको भन्र्दैं संस्थाले आफ्नो स्थापना दिवसमा सो २५ थान गमला हस्तान्त्रण गरिएको हो । स्वर्णलक्ष्मी सहकारी संस्थाले उपलब्ध गराएका सो गमलाहरु टोल विकास संस्थाका अध्यक्ष हरिकृष्ण पोख्रेलले ग्रहण गरेका थिए ।
कार्यक्रमबीच, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसञ्चार विभागलाईं दुई थान ब्लड डोनेशन बेड हस्तान्त्रण गरिएको थियो । सो सामाग्री रक्तसंचार विभाग प्रमुख तथा रेडक्रसकर्मी सिद्धार्थ दाहाललाई हस्तान्त्रण गरिएको थियो ।
संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षता र संस्थाका प्रमुख व्यवस्थापक कमल घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । स्थापना दिवसको समापनको अवसरमा नेफस्कुन सञ्चालक घनश्याम अधिकारीको प्रमुख आतिथ्यता थियो । कार्यक्रमको उदुघाटन गर्नुहुदैं नेफस्कुन सञ्चालका अघिकारीले नेपालका सहकारीको अवधारणा, अहिलेको सहकारी संस्थाको भूमिका र दायित्व सम्बन्धमा आफ्नो बिचारहरु राखेका थिए ।
अघिकारीले सहकारीको सिद्धान्त, नीति, विधि, प्रविधि लगायतमा आजको सहकारी संस्थाले आफ्नो शेयर सदस्यहरुबीचमा बुझाउनेगरी सदस्य शिक्षा दिन आवश्यक रहेको बताए । उनले कोभिडपछि समग्र बित्तिय संघसंस्थाहरुमा देखिएका समस्याहरुमा साझा समस्याको रुपमा लिएर सहकारीकर्मीहरु एक जुट हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा दमक ६ का वडा अध्यक्ष टेकबहादुर थापा, सहकारी संघ झापाका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्था दमकका अध्यक्ष चुडामाणी ओझा, डाफे बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सन्तोष श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा उद्योग बाणिज्य संघ दमकका बरिष्ठ उपाध्यक्ष राजु खड्का, रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहाल, जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम प्रसाद कोइराला, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष बासुदेब काफ्ले लगायत शेयर सदस्यहरु, कर्मचारीहरु, सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
यसअघि, संस्थाले शिबसताक्षी नगरपालिकाको झिलझिले सेवा केन्द्र, मोरङको उर्लाबारीस्थित सेवा केन्द्र, कनकाई नगरपालिकाको सुरुङ्गा सेवा केन्द्र र गौरादह सेवा केन्द्रहरुमा स्थापना दिवस मनाएको छ । सो क्रममा संस्थाका शेयर सदस्यहरुबीच अन्तरक्रियात्मक कार्यक्रम गरिनुका साथै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई ब्याग (झोला) वितरण गरिएको संस्थाका मुख्य व्यवस्थापक घिमिरेले जानकारी दिए ।

