काठमाडौं, ११ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न नसकिने बताउनु भएको छ ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को प्रशिक्षण तथा केन्द्रीय कमिटी को तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न नसकिने बताउनु भएको हो ।

अध्यक्ष नेपालले त्यसका विरुद्ध नै कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताउनु भयो । कम्युनिष्ट पार्टीले समाज र मानिसको मानसिकता परिवर्तन गर्न मानिसको संस्कार परिवर्तन गर्नु पर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे उपाध्यक्ष जयन्ती राई ,उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा मोर्चा सङ्गठनका उपप्रमुख भविसोर पराजुली लगायत नेताहरूले शुभकामना दिनुभएको थियो ।

कार्यक्रम नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) का अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *