दमक, १२ चैत–विश्वाशिलो बचत तथा ऋण सहकारी संस्था १२औं वर्षमा प्रवेश गरेको छ । दमकका युवा उद्यमी व्यवसायी, सामाजिक अगुवा, बुद्धिजिवी, महिला, कृषक लगायतको अगुवाईमा सो सहकारी संस्था स्थापना गरेका हुन् ।
सहकारी संस्थाले विक्तिय कारेबार सहित सदस्यहरुप्रती लक्षित गरेर स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।
यसैबीच, विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२औं स्थापना दिवसको अवसर पारेर दमकस्थित रत्न जेष्ठ नागरिक बृद्धा आश्रमका आमा बुबाहरुलाई सामुहिक भोजन गराउनुका साथै आश्रमलाई खाद्यान्य सामाग्रीसहित रु २० हजार सहयोय उपलब्ध गराएको छ ।

दमक-६ पिपल चौक (हाइवे लाइन) मा सञ्चालित विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक हरिप्रसाद (दिनेश) दाहालका अनुसार स्थापना दिवसलाई ठूलो खर्चमा नगरी सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ट नागरिकहरुको सेवामा समर्पित रहेर मनाइएको हो ।
आइतबार, बिहानै दमक–४ चियावारी उत्तरमा अवस्थित रत्न जेष्ठ नागरिक बृद्धा आश्रममा विश्वासिलो साकोसले त्यहाँ आश्रित १० जना जेष्ठ नागरिकलाई भोजन गराउनुका साथै आश्रमलाई खाद्यान्य सामाग्रीसहित रु २० हजार सहयोग उपलब्ध गराएको हो ।
सो रुपैया आश्रमको नाममा स्थापना गरिएको अक्षयकोषमा रहने छ । आश्रमको अक्षयकोष विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाबाट सञ्चालनमा आएको छ ।

सहकारी संस्थाका अध्यक्ष अशिम राईको नेतृत्वमा आयोजित कार्यक्रममा संस्थाको १२औं स्थापना दिवसमा आश्रमलाई सहयोग गरिएको जानकारी गराइएको थियो । त्यसअवसरमा सो सहयोग संस्थाका अध्यक्ष राईले आश्रमकी प्रतिनिधिलाई हस्तान्त्रण गरेका थिए ।
सहयोग हस्तान्त्रणपछि सहकारी संस्थाका अध्यक्ष राईले संस्थाको आगामी सहकारी निति, विधी, योजना अनुृसार काम गरेर अघि बढ्ने प्रतिवद्धता गरेका थिए । सोही अवसरमा संस्थाको १२औं स्थापना दिवसमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवामुखी काम गर्न पाएकोमा संस्थाका शेयर सदस्यहरु, सञ्चालक समितिका पदाधिकारी, सदस्यहरु, लेखा समितिका संयोजक र सदस्यहरु, कर्मचारीहरु, सल्लाहकार समिति लगायतलाई बधाई तथा वधन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष सम्झाना साँवा, लेखा सुपरिवेक्षण समितिको संयोजक खेमराज पौडेल, सञ्चालक समितिका सदस्य नारायण प्रसाद खरेल, अनिमा तामाङ, निर्मला लावती, लेखा सुपरिवेक्षण समितिका सदस्य माया राई, कविता फागो, सल्लाहकार समितिका संयोजक तथा निर्माण व्यवसायी बिक्रम सुब्बा लगायत, संस्थाक लेखापाल अनमोल तामाङ, कर्मचारी आनन्द धिमाल लगायतको उपस्थिती थियो ।

