दमक, १३ चैत–दमकको गोरखा डिपार्टमेन्टको भुँइतलामा लामो समयदेखि सञ्चालनमा आइरहेको रेडमग क्याफे अव सी रेडमग भान्सा घर नाममा परिवर्तन भएको छ । सो होटललाई नयाँ व्यवस्थापनसहित खाजा र खाना विशेष सी रेडमग भान्सा घरबाट ग्राहकहरुको सेवामा सञ्चालनमा आएको छ ।

झापाको कमल ५ पाडाजुङ्गीका युवा व्यवसायी सविन राई र बिर्तामोडका मुकेश साहले संयुक्त रुपमा सञ्चालनमा ल्याएको सो होटलमा सबै वर्गका ग्राहकहरुलाई सहुलित दररेटमा खाजा खाना उपलब्ध गराउने लक्ष्य राखिएको छ । होटलका सञ्चालक राईले होटलमा व्यवस्थित स्वच्छ र स्वस्थकर खाना उपलब्ध हुने बताए ।

चैत ९ गतेदेखि सञ्चालनमा आएको होटलमा बालबालिकाहरुसहित पारिवारिक वातावरणमा सरल र सुलभ मुल्यमा सादा (भेज) र ननभेज थकाली खानाको सेट उपलब्ध गराइँदै आएको सञ्चालक राईले बताए ।

होटल व्यवसायी महासंघका एक नम्बर प्रदेश अध्यक्ष राजन दंगालले दमकमा व्यवस्थित रुपमा स्वस्थकर खाना उपलब्ध गराउने लक्ष्य राखेकोले यसले अलग पहिचान बनाउन सक्ने बताउँदै शुभकामना व्यक्त गरे । उनले विश्वमा सबैभन्दा छिटो र धेरै संख्यामा खोलिने र सबैभन्दा बन्द हुने व्यवसाय समेत होटल रहेको बताउँदै निरन्तरता दिनु आवश्यक रहेको औंल्याए ।

त्यसैगरी होटल व्यवसायी संघका दमक अध्यक्ष योगराज दंगालले होटलमा उपलब्ध हुने खानेकुराको गुणस्तर, सेवा र ग्राहकसँगको व्यवहारका आधारमा मात्रै होटल टिकाउ हुने नहुने भन्ने कुराको निर्धारण हुने बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *