झिलझिले, १३ चैत–शिवसताक्षी नगरपालिकाका र वडाहरुका न्यायिक समितिलाई मेलमिलाप सम्बन्धी ५ दिवशीय तालिम समापन गरिएको छ ।

शिवसताक्षीका सबै वडाध्यक्षहरुसहित न्यायिक समितिका पदाधिकारीहरुको न्याय सम्पादनमा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ५ दिवशीय तालिमको आयोजना गरिएको तालिमको आज समापन गरिएको हो । कार्यक्रममा सहभागीहरुले आफुले सिकेको अनुभवहरु राकेका थिए ।

सहभागीहरुका तर्फबाट श्रीमान् श्रीमतीको झगडाका कृतिम नाटक मञ्चन गरी न्यायिक समितिमा राखेर त्यसको छिनोफानो गरेका थिए । निकै रोचक ढंगले प्रस्तुत गरिएको झगडा न्यायिक समितिले आफुले सिकेको ज्ञानलाई प्रयोग गरी मिलापत्र गर्न लगाएर मिलाएको थियो ।

पाँच दिवशीय कार्यक्रमको सहजीकरण देवीकुमारी निरौला र विजय तिम्सिनाले गरेका थिए । कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले गरेका थिए ।

समापन कार्यक्रममको अध्यक्ष विराट प्राविधिक शिक्षा एवम परामशृ केन्द्रका अध्यक्ष राज कट्टेलले गरेका थिए भने कार्यक्रम शिवसताक्षी नगरपालिकाको समन्वयमा भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *