दमक, १४ चैत–जीवन विकास लघुवित्त वित्तीय संस्था दमक शाखाले मंगलबार दमकमा वित्तीय साक्षरता सम्बन्धी एक दिने गोष्ठीसहित अन्तरक्रिया कार्यक्रम र पुरुस्कार वितरण गरेको छ ।
शाखाका प्रमुख सन्तोष चौलागाईको अध्यक्षतामा र संस्थाका कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । दमकस्थित कनकाई पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कार्यकारी अधिकृत मण्डलले संस्थामा ३ लाख बढी सदस्यहरु आवद्ध रहेको र नौ सय बढी कर्मचारीहरु कार्यरत रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मण्डलले जीवन विकास लघुवित्त वित्तीय संस्था राष्ट्र वैंक मार्फत नियवन हुने बैक भएको जनाए । उनले संस्थाको हाल १ सय ५९ वटा शाखा कार्यालयबाट सदस्यहरुलाई समुह मार्फत सेवा सञ्चालन गरिरहेको र विराटनगरमा संस्थाको मुख्य कार्यालय मार्फत कोशी प्रदेशसहित मधेश प्रदेशमा समेत सदस्यहरुलाई बचत तथा ऋण सम्बन्धी विभिन्न योजना र कामहरु गरिरहेको बताए । कार्यकारी अधिकृत मण्डलका अनुसार हाल संस्थामा रु १० अर्व डिपोजिट रहेको र रु २३ अर्व बढी लगानी रहेको जानकारी दिए ।
सोही कार्यक्रमबीच जीवन विकास लघुवित्त वित्तीय संस्थाले सामाजिक अत्तरदायित्वतर्फ आर्थिक अवस्था कमजोर विद्यार्थीलाई अध्ययन खर्चसहित व्रिद्यालयमा प्रयोग हुने झोला र स्टेशनरी सामाग्रीहरु हस्तान्त्रण गरेको छ । कमल गाउँपालिका वडा नं ५ स्थित मंगलमय माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत एलिना खवास, कक्षा ९ मा अध्ययनरत दमक ९ का शेरवहादुर कटुवाल, दमक ८ का कक्षा ४ मा अध्ययनरत दिपेश साह, कक्षा २ मा अध्ययनरत दिपक साह र कक्षा १ मा अध्ययनरत दिया साहलाई संस्थाले एक वर्षसम्म विद्यालयमा अध्ययन वापत लाग्ने खर्च उपलब्ध गराउने भएको हो । कार्यक्रममा उनीहरुलाई सम्मानपत्रसहित झोला, स्टेशनरी सामाग्रीहरु हस्तान्त्रण गरिएको थियो ।
सो अवसरमा दमक २ का वडा अध्यक्ष प्रजापती सापकोटा, वडा नं ९ का वडा अध्यक्ष कुवेर भट्टराई, वडा सदस्य ललित बहादुर विश्वकर्म, संस्थाका सदस्य समेत रहनुभएका केन्द्र नंम्बर ७१ की वरिष्ठ केन्द्र प्रमुख मेनुका भण्डारी, केन्द्र नम्बर ६५ की वरिष्ठ केन्द्र प्रमुख देवकुमारी मगर, अभियान्ता दिपक भट्टराईले आ–आफ्ना विचारहरुसहित शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमबीच संस्थाकी तालिम विभाग प्रमुख रन्जना निरौलाले संस्थाको वित्तीय अवस्थासहित आगामी योजना, लक्ष्यका बारेमा जानकारी गराइनुका साथै संस्थाले सञ्चालन गरेका नितिगत योजना र कार्यक्रमका बारेमा अवधारणाहरु प्रस्तुत गरेका थिइन् ।
त्यस्तैं, कार्यक्रममा निरौलाले संंस्थाको अभियानहरु अन्तर्गत उत्पादन मुलक कार्यक्रमहरु, सदस्यहरुको आर्थिक सुधार, समृद्धिका योनजाहरु, व्यवसायीकता, कृषि, विषादीरहित तरकारी उत्पादन, प्रोत्साहन, रोजगारको सृजना र स्वरोजगार सम्बन्धी विभिन्न योजनाहरुका बारेमा प्रष्ट पारेका थिइन् ।


