उर्लाबारी, १४ चैत–कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले उर्लाबारीको ६ नम्बर वडा कार्यालयमा पुगेर वडाध्यक्ष चिन्तामणी पौडेलमाथि कुटपिट गरेका छन् ।
स्थानीय तहका कार्यालयहरुमा तालाबन्दी गर्न पुगेका आन्दोलनकारीले आफनो कार्यक्रम अवज्ञा गरेको भन्दै वडाअध्यक्ष पौडेलमाथि आक्रमणको प्रयास गरेका हुन् ।
पूर्वघोषित कार्यक्रम विपरित जनप्रतिनिधिमाथि कुटपिटको घटना भएपछि आन्दोलनको आलोचना शुरु भएको छ भने वडाध्यक्ष पौडेलमाथि कुटपिट गर्ने पथरीशनिश्चरेका मनोज लिम्बू विरुद्ध प्रहरीमा उजुरी परेको छ ।
लिम्बूसहितको समूहले वडाध्यक्ष पौडेलमाथि कुटपिट गरेको थियो ।
