दमक, १६ चैत–नेकपा (एकीकृत समाजवादी) झापाको आयोजनामा दुई दिवसिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुने भएको छ । भोली (चैत १७ र १८ गते) शुक्रबार र शनिबार हुने सो प्रशिक्षणको उद्घाटन गर्न एकीकृत समाजवादी के्रन्द्रीय अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनालसहित अन्य केन्द्रीय नेताहरु आउने भएका छन् ।

भद्रपुरस्थित चन्द्रगढीको देबकोटा चौकमा सम्पन्न हुने सो प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुषाल, उपमहासचिव जग्गनाथ खतिवडा, पोलिटब्युरो सदस्य धर्म निरौला लगायतका नेताहरु शुक्रबार झापा आउने भएका छन् ।

एकीकृत समाजवादी जिल्ला कमिटी झापाले शुक्रबार र शनिबार (चैत १७ र १८ गते) चन्द्रगढीमा आयोजना गरेको संगठन सुदृढीकरण तथा परिचालन अभियानको क्रममा पार्टीका अध्यक्ष नेपाल र सम्मानित नेता खनालसहित अन्य नेताहरु शुक्रबार झापा आउने भएका हुन् । शुक्रबार, पार्टी अध्यक्ष नेपालले भब्य समारोहबीच अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । सो प्रशिक्षण कार्यक्रमको समापन शनिबार हुने भएको छ ।

प्रशिक्षण समापनको अवसरमा पार्टीका सम्मानित नेता खनालले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही अवसरबीच अध्यक्ष नेपाल सहित अन्य नेताहरुले विभिन्न पार्टी परित्याग गर्दै एकीकृत समाजवादीमा प्रवेश गराउने भएको छ ।

जिल्ला कमिटी झापाका सचिव बिपी भट्टराईका अनुसार शुक्रबार र शनिबार हुने संगठन सुदृढीकरण तथा परिचालन अभियानो सम्पूर्ण तयारी पुरा भएको छ । चन्द्रगढीको देबकोटा चौकमा रहेको मुना भवनमा हुने दुई दिने प्रशिक्षण कार्यक्रममा झापाका १५ वटै पालिका कमिटी, पार्टी समबद्ध विद्यार्थी, महिला, किसान, शिक्षक, सहकारीकर्मी, मजदुर, पत्रकार र अन्य विभिन्न जातीय संघसंगठनहरुका प्रतिनिधिहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम हुने भएको हो ।

एकीकृत समाजवादी झापाका सचिव भट्टराईका अनुसार झापाका अगुवा कार्यकर्ताहरुलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । पार्टी संगठनलाई मजबुद र गतिशिल बनाउदै नेपालमा कम्युनिष्ट आन्दोलनलाई सार्थकता पुर्याउन एकीकृत समाजवादीको अभियानमा रुपान्तरण गर्न कार्यक्रमले सहयोग पुग्ने सचिव भट्टराईले बताए ।

एकीकृत समाजवादीको हालै सम्पन्न जिल्ला कमिटीेका बैठकले आगामी जेठ मसान्तभित्र जिल्ला अधिवेशन गर्ने र त्यसअघि जिल्लाको सवै पालिका स्तरीय कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णयका साथ मातहतका कमिटीहरुलाई सर्कुलर जारी गरिसकेको जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए ।

उनले एमालेमा विबादित र विभाजित भएर नयाँ पार्टी गठन र पुनःगठन पश्चात तिनै तहको निर्वाचनमा होमिनुपर्ने र संगठन निर्माण लगायतका गतिविधिहरुमा समेत सक्रियता देखाउनुपर्ने लगायतको मह्त्वपूर्ण जिम्मेवारीहरु पुरा गर्दै आइरहेको बताए । पछिल्लो समय झापा लगायत देशभरी एकीकृत समाववादीको अभियानमा सहभागि हुन र नेपाली कम्युनिष्ट आन्दोलनलाई थप उचाईमा पुर्याउन एमालेसहित अन्य विभिन्न राजनीतिक पार्टीबाट दैनिक ठूलो संख्यामा नेता–कार्यकर्ताहरु आउने क्रम निरन्तर जारी रहेको अध्यक्ष रेग्मीले जनाए ।

अध्यक्ष रेग्मीका अनुसार एकीकृत समाजवादी झापाले एक वार्ड–एक सय संगठित सदस्य निर्माण गर्ने अभियान सञ्चालन भइरहेको छ । हाल, पार्टी सदस्यहरुको अभिलेखिकरण गर्न सदस्यता नविकरण र सदस्यता विस्तारका निम्ति नयाँ सदस्यता वितरण भइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *