काठमाडौं, १७ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । विस्तारित मन्त्रिपरिषद्मा नेकपा एकीकृत समाजवादीबाट पार्टीका उपाध्यक्ष डा बेदुराम भुसाल कृषि तथा पशुपन्छी मन्त्रालय र उपमहासचिव प्रकाश ज्वालाले भौतिक योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनु भएको हो ।
