काठमाडौं, १८ चैत–नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावलसँग संवाद गर्न वार्ता टोली बनाएको छ। शनिबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो।

उनीसँगै वार्ता टोलीमा एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि यस टोलीमा छन्।

वार्ता टोलीले रावलसँग संवाद गर्ने र एउटा सहमतिमा पुगेर आवश्यक जिम्मेवारी दिने निर्णय भएको पनि पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *