धरमपुर, १९ चैत–हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाले शनिबार सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका सदस्यहरु र संञ्चालकध समितिबीच भेटघाट तथा अन्तरक्रिया गरिएको हो ।

संस्थाका अध्यक्ष ताराप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको चालु आर्थिक वर्षका वित्तिय सुचाङ्क, ऋण लगानी, बचत, कृषितर्फ वीउ, बिजन, उपकरण, दुध, दहि, घिउ, तरकारी, माछा लगायतका प्रगती वितरण सदस्यहरुलाई जानकारी गराइएको थियो । ,

त्यस्तैं, पछिल्लो समय देखिएका वित्तिय कारोबारका कमजोर पक्ष र सुधार गरिनुपर्ने विषयमा समेत संञ्चालक समितिका सचिव तेजेन्द्र घिमिरेले शब्द चित्रमा प्रस्तुत गरेका थिए ।

सो क्रममा संस्थाका शेयर सदस्यहरुले संस्थाको आर्थिक अवस्था, तरलता, मन्दी, बचत संङ्कलन, आवधिक बचत, बाल बचत लगायत कृषितर्फका विभिन्न विषयहरुमा चासो र जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रममा सदस्यहरुले उठाएका विभिन्न चासो, चिन्ता र जिज्ञासाहरुमाथि संस्थाका अध्यक्ष तारा प्रसाद गौतमले प्रष्ट पारेका थिए ।

उपाध्यक्ष लयप्रसाद गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममको सञ्चालन सचिव तेजेन्द्र घिमिरेले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *