काठमाडौं, २० चैत–नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ।
सोमबार बसेको पार्टीको सचिवालय बैठकले तीन वटै निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको उपमहासचिव डा।गंगालाल तुलाधरले जानकारी दिए।
आगामी वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ। तनहुँमा कांग्रेसका उम्मेदवार गोबिन्द भट्टराई, चितवनमा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारामा जसपाका उम्मेदवार उपेन्द्र यादव गठबन्धनआवद्ध प्रमुख दलका साझा उम्मेदवार हुन्।
