काठमाडौं, २० चैत–नेकपा (एकीकृत समाजवादी) को प्रमुख सचेतकमा मेटमणि चौधरी चयन हुनु भएको छ ।

सोमबार एकीकृत समाजवादीका संसदीय दलको नेता माधव कुमार नेपालले पूर्व मन्त्री समेत रहनुभएका सांसद चौधरीलाई प्रमुख सचेतकमा मनोनयन गर्नु भएको हो ।

सोमबार बसेको संसदीय दलको बैठकको सुझाव समेतका आधारमा पूर्वमन्त्री तथा सांसद चौधरीले प्रमुख सचेतकको जिम्मेवारी प्राप्त गरेको एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीबाट यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सांसद प्रकाश ज्वाला हुनुहुन्थ्यो । ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *