दमक २१ चैत–दमक अस्पतालमा नसर्ने रोगहरुको उपचारका लागी पेन–प्लस सेवा सुरु भएको छ । इन्स्टिच्यूट अफ चायल्ड हेल्थ (किओच) सँगको संझौता अनुसार दमक नगरपालीकामा हिँजो (सोमबार) एक कार्यक्रम गरि सेवा सुभारम्भ गरिएको हो ।

नगरपालीकाकी उप-प्रमुख रेगिना भट्टराईको अध्यक्षता र प्रदेश सभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काठमाडौ इन्स्टिच्यूट अफ चायल्ड हेल्थका सस्थापक प्राध्यापक डा। भगवान कोईलाले अहिले नसर्ने रोगहरु स्वास्थ्यको ठुलै चुनौतिका रुपमा आएको भन्दै त्यसका लागी पेन-प्लस कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।

मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता नसर्ने रोगहरुको अनुसन्धानात्मक उपचार गर्ने गरि सुरु गरिएको सेवा सञ्चालन हुनुनै यस क्षेत्रका नागरिकका लागी ठुलो उपलब्धि भएको उहाँले बताउनुभयो । सबै पक्षको सहयोगबाट सेवा प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको भन्दै प्रा.डा. कोईरालाले यो सेवाबाट नसर्ने रोगहरुबाट अहिले भैरहेको मृत्युको संख्या घटाउन सकिने दाबी समेत गर्नु भयो ।

कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सेवा बिभाग अन्तर्गत पेन-प्लस कार्यक्रमका प्रमुख फडिण्द्र प्रसाद बरालले दमक अस्पतालमा सुरु गर्नु यस क्षेत्रका लागी गौरबको बिषय भएको भन्दै यसलाई प्रभावकारी बनाउने जिम्मा दमककै भएको बताउनु भयो । अहिलेको बिलासि जिवनसैलीका कारण नसर्ने रोगहरुको प्रकोप बढिरहेको भन्दै उहाँले रोग लागेर उपचार गर्नु भन्दा लाग्नै नदिने किसिमका तरिका अपनाउन सबैलाई सुझाव समेत दिनुभयो ।

त्यस्तै, पेन-प्लस कार्यक्रमका सम्योजक डा।विराज कर्माचार्यले नेपालमा करिब ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने देखिएको भन्दै अहिले यस्ता रोगहरुको स्वास्थ्यको ठुलो समस्याको रुपमा देखिएको बताउनु भयो । अमेरिकाको हार्वड विश्वविद्यालयको अगुवाईमा सञ्चालित यो कार्यक्रमबाट यस्ता रोगहरुको उपचार हुनुका साथै र यसबाट जोगिने उपायका बारेमा समेत नागरिक सचेतनाका कार्यक्रमहरु गरिने बताउनु भयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *