गोविन ल्वागुन/झिलझिले (शिवसताक्षी), २२ चैत–पुर्बकै प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा आगान्तुकहरुका लागि रमितेदेखि सताक्षीधामसम्मको सडकलाई ‘सेल्फी रोड’ बनाइने भएको छ । सो सडक आसपासमा रहेका ठूला-ठूला हरिया सखुवाका रुखहरुलाई आजदेखि रंङरोगन गर्न शुरु गरिएको छ ।

बुधबार झिलझिले सताक्षीधाम रमिते डाँडामा एक कार्यक्रमबीच नगर प्रमुख मेघाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले सेल्फी रोड निर्माणमा सहभागिता जनाएका छन् । सो अवसरमा नगर प्रमुख थोप्रा र उपप्रमुख कार्कीले संयुक्त रुपमा सखुवाको रुखमा रंग लगाएर कार्यक्रमको उद्धघाटन गरेका थिए ।

पूर्वको सुन्दर आर्कषक रमर्णिय धार्मीक तथा पर्यटकियस्थल सताक्षीधामको छुटै पहिचान छ । झिलझिले निवासी सञ्चारकर्मी डाइमण्ड कार्कीको पहलमा नगरको इतिहास र सौन्दर्य बोकेको सताक्षीधाममा आगान्तुक आन्तरिक तथा बाहिय पर्यटकहरुलाई मध्यनजर गरि उक्त सडकको दुबै तर्फको सखुवा रुख तथा बिजुलीको पोलमा रंङरोगन गर्न थलिएको हो । ‘आफ्नो ठाउ आफै बनाउ’ भन्ने मुल उदेश्यिका साथ सञ्चारकर्मी कार्कीले बिभिन्न दाताहरुको सहयोगमा करिब एक सय लिटर बडि रङग संकलन गरि सेल्फी रोड निर्माणको अभियानमा जुटेको बताए । अहिलेका युवा युवतीहरु सेल्फी खिच्न र टिकटक बनाउनको लागी टाडा टाडाको स्थानमा जाने गरेका छन । जसले गर्दा समय र आर्थिकको पनि भार पर्ने गरेकोले आफ्नै क्षेत्रमा अन्य क्षेत्रको भन्दा रमाइलो र मनोरम दृष्य अवलोकन गर्न पाइने स्थान रहेकोलो पनि यस क्षेत्रलाइए श्रृङगार गरिएको हो । बत्ति मुनिको अध्यारो भने झै घर नजिकै रहेको रमणिय स्थान छ तर हामी समय र पैसा खर्चेर टाडाको स्थानमा जाने गर्छौै ।

पूर्वपश्चिम लोकमार्गको झिलझिले बजारदेखि करिब ५ किलोमिटर उत्तर चुरे पाहाडको फेदीमा रहेको सताक्षीधाम सतासी खोलाको किनारमा अवस्थीत छ । यस सडकलाई सोल्फी रोड बनाएर सेल्फी खिच्न र टिकटक बनाउनको लागी अति नै उपयुक्त भएकोले सडकको दुबै तर्फको रुख तथा बिजुलीको पोलमा रंङरोगन गरि आकर्षक बनाउन लागेको संचारकर्मी कार्कीले बताए ।

झापा न्यूज टिभीका संचालकसमेत रहेका कार्कीले २ बर्षअघि पनि एकल प्रयासमा सडक आसपासका रुखहरुमा रंङरोगन गरेका थिए । तर, त्यस बेला सो सडक कालोपात्रे भइसकेको थिएन । पछिल्लो समय सो सडक सतक्षीधामसम्म नै कालोपत्रे भएकोले सडकको सौन्दर्यमा थप भएको छ ।

नयाँ बर्ष २०८०को शुभारम्भ रहेकोले पनि त्यस क्षेत्रमा रंङरोगन गरिएको हो । नयाँ बर्षको अवसरमा बिभिन्न क्षेत्रबाट पर्यटकहरुको घुइचो लाग्न सक्छ ,जसले गर्दा पर्यटकहरुलाई रंङरोगनले थप आकर्षक बनाउने जानकारहरुको भनाई छ । तत्काललाई रमिते डाँडाबाट सतक्षीधामको प्रबेशद्धार सम्म रंङरोगन गरिने र बाँकी थप आर्थिक संकलन गरेर मात्र रंङरोगन गरिने अभियान्ता तथा सिंचारकर्मी कार्कीले जानकारी दिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थोप्राले नगरले गर्नु पर्ने काम ब्यतिmले गरेको भन्दै कार्कीको प्रशंशा गरे कार्की बफादार पत्रकार मात्र नभएर सामाजिक अगुवा समेत रहेकोले उनको यो कार्यलाई नगरको तर्फबाट पनि आवश्यक सहयोग गर्ने उद्धघोष गरे ।

सो अवसरमा बिभिन्न बक्ताहरुले रमिते डाँडाबाट चुरे पाहाडको अवलोकन गर्न सहज बनाउन फलैचाहरु निर्माण गर्नु पर्ने धारणा राखेका थिए । सो अवसरमा गोलोक गोबर्धनका संस्थापक नन्दकिशोर भारद्धाज, सताक्षीधाम धार्मिक तथा पर्यटन बिकाश समितिका उपाध्यक्ष यदयप्रकाश राई लगायतको सहभागिता रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *