बिर्तामोड, २२ चैत–झापाको अर्जुनधाराबाट नक्कली ब्लुबुक बनाएर मोटरसाइकल बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।
अर्जुन्धारा नगरपालिका–३ खुदुनाबारीमा नक्कली ब्लुबुक बनाएर मोटरसाइक बिक्री गरिरहेको भन्ने सुचनाको आधारमा अस्थायी प्रहरी चौकी खुदुनाबारी झापाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित हल्दिबारी गाउँपालिका-१ का ४४ वर्षीय जगत बहादुर लिम्बुलाई पक्राउ गरेको हो ।
प्रहरीले बरामद गरेको सामग्रीहरु
१, बाग्मती प्रदेश ०२-०३८ प ३१६३ नम्बरको KTM डुक मोटरसाइकल र ऐ.को ब्लुबुक थान -१
२, बाग्मती प्रदेश ०२-०३६ प १६५३ नम्बरको KTM डुक मोटरसाइकल र ऐ. को ब्लुबुक थान -१
३, बाग्मती प्रदेश ०२-०३५ प १६६६ नम्बरको 220CC को पल्सर मोटरसाइकल र ऐ. को ब्लुबुक थान -१
४, न्यु धनुषा ट्रेड्रसको पान बिल थान ८, ऐ. को स्टाम्प थान १ र स्टाम्प प्याड थान १
५, न्यु धनुषा ट्रेडर्सको खरिद बिक्रि सम्झौता पत्र थान १
६, जगत बहादुर लिम्बु र कुमार शाक्यको नामको जग्गा खरिद बिक्रीको सम्झौता पत्र थान १
