काठमाडौं, २२ चैत–सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले कोशी नामकरणको आफ्नो निर्णयबाट पछि हटेको छ । प्रदेशसभामा कोशीको पक्षमा भोट हालेको माओवादीको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।
कोशीमा माओवादीका १५ सांसद छन् । माओवादीबाटै एक जना सभामुख भएकाले बाँकी १४ जनाले कोशीको पक्षमा मतदान गरेका थिए ।
पार्टी कार्यालय पेरिसडाँडामा आज ९बुधबार० बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘कोशी प्रदेश नामाकरण भएपछि अहिले आन्दोलन उठिरहेको छ ।
हाम्रो पार्टीप्रति के हो अडान रु भनेर प्रश्न उठिरहेको छ । त्यसमा हाम्रो पार्टी पहिचानको पक्षमा छ । त्यतिबेला पनि पहिचानकै पक्षमा अडान राख्नुपथ्र्यो कमजोरी भएको छ ।’
नामाकरणपछि पहिचानको आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्न र राहतका लागि सरकारसँग माग गरेको छ । यस्तै, मिटरव्याजपीडितको आन्दोलनमा पार्टीको समर्थन रहेको उनले जानकारी दिएका छन् ।
