काठमाडौं, २३ चैत–स्ववियु चुनाव स्थगित भएका सबै क्याम्पसमा एकै दिन निर्वाचन गर्न तीन विद्यार्थी संगठनले माग गरेका छन्।

नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूले त्रिविलाई एकै दिन स्ववियु चुनाव गर्न आग्रह गरेका हुन्।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले विज्ञप्ति जारी गरेर स्थगित क्याम्पसमा एकै दिन चुनाव गर्न माग गरेका छन्।

त्रिविका केही आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन सकेको छैन।

क्याम्पसमा लोकतान्त्रिक प्रक्रियाबाट विद्यार्थीलाई आफ्नो प्रतिनिधि चुन्ने अधिकार पनि सुनिश्चित गराउन माग गरेका छन्।

काठमाडौंको अमृत साइन्स क्याम्पस, त्रिचन्द्र वहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस र नेपाल कर्मश क्याम्पसमा स्ववियु चुनाव हुन बाँकी छ।

यस्तै पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस विरगंज, वीरेन्द्र वहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा चुनाव हुन बाँकी छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *