दमक, २३ चैत–झापाको दमकमा बसोबास गरिरहेका इसाई धर्मावलम्बीहरुले सामाजिक काम गर्ने उदेश्यका साथ स्थापना गरेको दमक नगर इसाई समाजले यहि आइतबार (चैत २६) नगर सरसफाई कार्यक्रम गर्ने भएको छ । येशु ख्रीष्टको पुनरुत्थान दिवसको अवसर पारेर दमक नगर इसाई समाजले जनचेतना मुलक नगर सरसफाई कार्यक्रम आयोजना गरेको हो ।
दमक नगर इसाई समाजले दमकमा प्रत्येक वर्षको यहि दिन (चैत २६ अर्थात अप्रिल ९ मा) पुनरुत्थान दिवसको अवसरमा सरसफाई कार्यक्रम गर्दैै आइरहेको छ ।
समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईका अनुसार येशु ख्रीष्टको पुनरुत्थान पृथ्वीमा भएको दिनलाई स्मरण गर्दै नेपाल सहित संसारभरीका इसाई धर्मावलम्बीहरुले प्रवित्र उदेश्य राखेर सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेका छौं ।
दमक चिया बगानदेखि हाइवे (लोकमार्ग) को पश्चिमतर्फ दायाँबायाँ सरसफाई गरिने आयोजक संस्था दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर राईले जानकारी दिए ।
हाम्रो दमक, राम्रो दमक र हरित नगर सुन्दर नगर उद्घोषसहित इसाई समाजले दमकमा सर सफाई कार्यक्रम आयोजना गरिएको अध्यक्ष पाष्टर राईले जानकारी दिए । उनका अनुसार सरसफाई कार्यक्रममा नेष्ट एरा इनर्जी प्रालिको सहकार्य रहने भएको छ ।
दमक नगर इसाई समाज दमकमा स्थापना भएदेखि विभिन्न अवसरबीचमा सामाजिक सेवाका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको अध्यक्ष पाष्टर राईले जानकारी दिए । कोरोना (कोभिड) संक्रमणको समयमा दैनिक ज्यालादारी र मजदुरी गरेर जीविका पार्जन गर्ने परिवारलाई इसाई समाजले ठूलो परिणामका खाद्यान्य सामाग्रीहरु वितरण गरेको थियो ।
त्यस्तैं, दमक नगरपालिकाले सञ्चालन गरेको बेलडाँगीस्थित कोभिड अस्पतालमा रु ५ लाख मूल्य बराबरका स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरिएको थियो ।
