झिलझिले, २५ चैत–पूर्वको एउटा सुन्दर पर्यटकीयस्थल होः सताक्षीधाम । झापाको शिबसताक्षी र इलामको माई नगरपालिकाको भू–भागसंग जोडिएको सताक्षीधामको परिचय धार्मीक तीर्थस्थल हो ।

खासगरी, तराईको भू–भागदेखि नजिकै शिब पार्वती भरना पनि यसै सताक्षीधाममा पर्दछ । घना-जङ्गलबीचमा अवस्थित सताक्षीधाम पुग्न झिलझिलेबाट साढे चार किलोमिटर उत्तरतर्फ पर्दछ । सताक्षीधाममा पुग्न झिलझिले चौकबाट उत्तरतर्फ प्रस्थान गरेपछि सडकभरी ठूल–ठूला सखुवाका रुखहरु हेर्न पाइन्छ । सडकभरीका रुखहरुमा बादरहरु देख्न पाइन्छ भने चरिचरणका लागि छाडिएका गाइवस्तुहरु देख्न पाइन्छ ।

पछिल्लो समय सताक्षीधाममा आगान्तुक तीर्थालु यात्रीहरुलाई होस या अन्य प्रयोजनका निम्ति घुम्न आएका पाहुनाहरुलाई आर्कषण गर्न र थप मनोरञ्जन प्रदान गर्न सेल्फी रोड बनाइएको छ । झिलझिलेबाट उत्तरतर्फ लागेपछि बाटैमा भेटिन्छ, रमिते डाँडा । सोही डाँडामा धेरै मान्छेहरु फोटो खिच्न होस या रमाउन पुगेका हुन्छन् । रमिते डाँडामै छ, सतासी खोला ।

रमिते डाँडादेखि सताक्षीधामसम्म पुग्ने झण्डै एक किलोमिटर सडकको दायाँ–बाँया सखुवाको रुखहरु र बिजुलीको पोलहरुमा रङ्गहरुले सजाइएको छ । सडकको रुखहरु रङ्गले सजाइपछि यतिवेला सो क्षेत्रमा आउने जो कोहीको मन हार्षित र उत्साहित भएको सेल्फी रोड निर्माण अभियानका मुख्य योजनाकार डायमण्ड कार्की भन्छन् । शिबसताक्षी–११ झिलझिलेका स्थानीयवासी कार्की पेशाले पत्रकारितामा सक्रिय छन् । उनकै सक्रियतामा सो सडकलाई सेल्फी रोड निर्माण भएको हो ।

उनले सामिजिक सञ्जालबाट आफ्नो चाहाना र उदेश्यहरु राखे । उक्त सडकमा सेल्फी रोड बनाउन सके स्थानीय पर्यटकको आर्कषक बढ्ने योजनासहित फेसबुकमा सेल्फी रोड बारेमा बिचारहरु राखेका थिए ।

सुरुमा केही व्याक्तिहरुले यसप्रती खासै चासो नदिएपनि अनन्तः धेरैलाई आफ्नो उदेश्य र योजनाप्रती सकारात्मक बनेर सहयोगकको लागि तयार भएको कमेन्टहरु फेसबुकमा एकपछि अर्को गरी आइरह्यो । सवैको कमेन्टहरु हेरेपछि थप उर्जा र हौसल्ला आयो, अभियानकर्मी कार्कीले भने–सेल्फी रोड निर्माणमा क्रमशः विभिन्न व्याक्तिहरुले सहयोग गरिरहे । उनले सहयोग दाताहरुलाई पैशाा होइन, रङ्ग, ब्रस, इनामेल लगायतका सामाग्रीहरु मागे । पैशा दिनेहरुलाई पनि सामाग्रीहरु नै दिन उनले आग्रह गरेपछि सेल्फी रोडमा लाग्ने जति रङ्गहरु सङ्कलन भएको कार्की बताउँछन् । उनले सहयोग गर्ने सवै दाताहरुलाई आभार सहित धन्यवाद व्यक्त गरे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *