दमक, २५ चैत–याक्थुम (लिम्बू) समुदायभित्र रहेका याङ्देम्बा नेम्बाङहरुले आज (शनिबार) ललितपुरस्थित हात्तिवनमा सामुहिक गाली सराव बगाउनुका साथै बनभोज कार्यक्रम सम्पन्न गरिएको छ । याङ्देम्बा नेम्बाङहरुले वर्ष दिनसम्म भएका सवै किसिमका कमजोरीहरु र खराव अनि नराम्राहरु बिचारलाई पानीमा पखालेर सुकर्मका दिनहरु थालनी होस भनेर गरिने अनुष्ठानलाई गाली सरावको रुपमा मनाइने गर्दछन् ।

याक्थुम नेम्बाङ समाज नेपाल तथा याङ्देम्बा नेम्बाङ वंशावली प्रकाशन समितिका सदस्य नेत्र नेम्बाङका अनुसार ललितपुरस्थित धार्मीक स्थल हात्तिवनमा याक्थुम याङ्देम्बा नेम्बाङहरुले सामुहिक गाली सराव तथा बनभोज कार्यक्रम सम्पन्न गरिएको हो ।

संस्थाद्धारा तयार गरिएको नयाँ वर्ष २०८० सालको क्यालेण्डर (भित्तेपात्रो) सार्वजनिक समेत गरिएको छ । सो भित्तेपात्रोलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपती तथा नेपाली साहित्यका एक मुर्धन्य व्याक्तित्व कवि बैरागी काइलाले कार्यक्रमको उद्घाटन गरेका थिए ।

काठमाण्डौं, भत्तपुर, ललितपुर लगायतका आसपासका जिल्लाहरुमा व्यस्त जीवन बिताइरहेका याङ्देम्बा नेम्बाङ दाजुभाई, चेलीवेटी, कुलकुटुम्बहरुबीच भेटघाट र चिनजान गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको याङ्देम्बा नेम्बाङ वंशावली प्रकाशन समितिका सदस्य नेत्र नेम्बाङले जानकारी दिए ।

याक्थुम नेम्बाङ समाज नेपालका केन्द्रीय अध्यक्ष अध्यक्ष प्रियकुमार नेम्बाङको अध्यक्षतामा र प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्बाङ, शसस्त्र प्रहरीका डिआईजी कुलबहादुर नेम्बाङ, इलाम माङसेवुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङ लगायतका विशिष्ट व्यात्तित्वहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमलाई संस्थाकी सहसचिव संगीता सुहाङ नेम्बाङले सञ्चालन गरेका थिइन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *