दमक, २६ चैत–झापाको दमकका ईसाई धर्मावलम्वीहरुले आज चिया बगानदेखि पश्चिम कृष्ण मन्दिर-ताराबारीहुदै मावा खोलाको पुलसम्मको सडक सरसफाई गरेका छन् । येशु ख्रीष्टको पुनरुत्थान दिवसको अवसर पारेर दमक नगर ईसाई समाजले दमक नगर सरसफाई कार्यक्रम आयोजनामा गरेको हो ।
दमक चिया बगानस्थित संक्षिप्त कार्यक्रमबीच कोशी प्रदेश सभाका सदस्य झापा क्षेत्र नं ५ (ख) का माननीय सांसद होमबहादुर थापाले स्वास्थ्य, शिक्षा र जनसरोकारका विषयमा दमकवासीलाई मात्रै नभएर समग्र देशभरी नै जनचेतना फैलाउन यस प्रकारको कार्यक्रमले सकारात्मक भूमिका पुग्ने बताए । उनले सवै धर्म, भाषा, संस्कृति, बिचार र आस्थालाई सम्मान गर्दै असल र सहज समाज निर्माणमा एक जुट हुन आवश्यक रहेको समेत बताए ।
सो अवसरमा सांसद थापाले दमक नगर सर सफाई टोलीलाई बधाई तथा शुभकामना दिएका थिए । उनले येशु ख्रीष्टको पुनरुत्थान भएको आज विशेष दिनलाई संम्झिन्दैं इसाई धर्मावलम्बीमरुलाई सम्मान तथा हौसल्ला प्रदान गरेका थिए ।
दमक नगर ईसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ (धनकुमार राई) को अध्यक्षतामा र प्रदेश सांसद होमबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । दमक नगर ईसाई समाजका पूर्व अध्यक्ष, हाल सल्लाहकार समितिका सदस्य पाष्टर राजकुमार नाछिरिङ राईले संस्थाको परिचयसहित कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
ग्रीन वे एजुकेशनल एकाडेमी प्राली दमक र हार्भेष्ट सामुदायिक सेवा नेपालले प्रायोजन गरेको सर सफाई कार्यक्रममा आशिष मण्डली सामुदायिक सेवा (दमक १) र नेक्स्ट एरा इनर्जी प्रालि दमकको सहकार्य रहेको थियो । ईसाई समाजका सचिव पाष्टर अजय पाठकले सञ्चालन गरेका थिए ।
कार्यक्रममा आशिष मण्डली सामुदायिक सेवाका अध्यक्ष धनकुमार राई, पाष्टर किशोर सुनुवार, पाष्टर दावा शेर्पा, डिके बेघा, सन्तोष रणपहेली, पाष्टर कुमार तामाङ, इसाई समुदायका अधिकारकर्मी तथा पत्रकार डिकेन्द्र बस्नेत, दमक नगर ईसाई समाजका पाष्टर हेमन्त लिम्बू, कोषाध्यक्ष पाष्टर दिपेन्द्र नेम्बाङ, सहसचिव सुरज लिम्बू लगायतको उपस्थिति थियो ।
औपचारिक कार्यक्रमपछि सरसफाई कार्यक्रम गरिएको थियो । सरसफाईमा दमकका झण्डै दुइ सयको संख्यामा सहभागिहरु थिए । दमकमा ३४ वटा चर्चहरु सञ्चालनमा आएका छन् ।
सो सर सफाई कार्यक्रमको समापनमा ईसाई समाज दमकका अध्यक्ष पाष्टर राईले दमकमा सरसफाई सम्बन्धीका कार्यक्रमहरु समय समयमा भइरहेको तर दमक बजारभित्र मात्रै हुने गरेको धेरै खबरहरु पायौं तर दमक बजारदेखि बाहिर चौक र ससडकमा सरसफाई कार्यक्रमहरु नभएकोले सरसफाई कार्यक्रमकोा आयोजना गरिएको बताए ।
कार्यक्रममा अध्यक्ष पाष्टर राईले सहभागि सम्पूर्णमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गरे ।
फोटो फिचरः








