दमक, २७ चैत–नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार एवं पूर्व पोलिटव्युरो सदस्य नरेश खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर खरेलले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

२०२८ को झापा विद्रोहका योद्धा खरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका सहयात्री हुन् । तर पछिल्लो समय एमालेको नेतृत्वप्रति उनको तीव्र असन्तुष्टि थियो। यसअघि प्रदेश कमिटीका सहइञ्चाज पनि रहेका थिए।

उनले एमालेले नेपालमा समृद्धि ल्याउन नसक्ने दावी गरे। खरेलले भने, ‘जनताको मुक्तिका लागि एमालेले नसक्ने भएपछि पार्टी छोड्न बाध्य भएका हौँ।’

पार्टीमा स्वेच्छाचारी प्रवृत्तिको सुधारका लागि आफूलगायत अन्य कार्यकर्ताबाट अनेकौँ प्रयास गरिए पनि आफूहरूलाई पार्टी नेतृत्वले तिरस्कार गरेको खरेलको दावी थियो।

एमाले छाडेपछि अर्को वामपन्थीमा समावेश हुने संभावना रहेको उनले बताए। तर पार्टीको नाम उल्लेख गर्न चाहेनन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *