धरमपुर, २८ चैत–झापाको शिवसताक्षी–८ झिलझिलेस्थित वाटर किङडम पार्कमा तीन दिवसीय ‘डे म्युजिकल इभेन्ट’ आयोजना हुने भएको छ ।
नयाँ वर्ष २०८० को अवसरमा चैत ३० गतेदेखि बैशाख २ गतेसम्म ‘डे म्युजिकल इभेन्ट’ हुने भएको हो । दैनिक बिहान १० बजेदेखि साँझसम्म कन्सर्ट तथा विभिन्न सुइमिङ्गका खेल तमासा हुने वाटर किंगडम पार्कका सञ्चालक राजकुमार संग्रौला तीर्थराज० ले जानकारी दिनुभयो । कन्सर्टमा प्रत्येक दिन अलग-अलग ब्याण्डको प्रस्तुति रहनेछ ।
चैत ३० गते झिल्के इन्दि कम्पनी र ट्रइवले रेन, बैशाख १ गते कालीप्रसाद बाँस्कोटा र बैशाख २ गते द एक्स ब्याण्डको प्रस्तुती रहने पार्कका प्रबन्ध निर्देशक सौजनराज संग्रौलाले जानकारी दिनुभयो । ग्रुपमा आउने तथा विद्याथीका लागि विशेष छुटको व्यवस्था रहेको उहाँको भनाइ छ ।
पार्कमा पाँच वटा स्लाइटर ठूलो चिप्लेटीबाट स्वीमिङको मजा लिन सकिन्छ भने छालसहितको मनोरञ्जनात्मक पुल लगायतका पानीका खेलहरु रहेका छन् । त्यस्तै, छुट्टाछुट्टै एसी रुम, पार्टी एवम् सभा हल, रेष्टुरेन्ट एण्ड बार लगायत रहेका छन् ।
पछिल्लो समय पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा चिनिएको वाटर किङडम पार्कमा गर्मीयाम शुरु भएसँगै पानीजन्य खेलको मजा लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । यतिबेला बालबालिकादेखि जेष्ठ नागरिकसम्मका पार्कमा रमाइलो गर्न आउने गरेका पार्क सञ्चालिका मेनुका सिटौला संग्रौलालले जानकारी दिनुभयो ।
