काठमाडौं, २९ चैत–प्रदेश–१ को नाम ‘कोशी’ राखेको विरोधमा आन्दोलनरत पहिचान पक्षधर समूहले प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा तोडफोड गरेको छ ।
आन्दोलनरत समूहले आज बिहान राजभण्डारीको काठमाडौँमा रहेको घरभित्र पसेर तोडफोड गर्नुको साथै घरको कम्पाउन्डमा कालो झण्डा राखेका नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए ।
राजभण्डारी एमालेबाट सोलुखुम्बु प्रदेश सभा ९ख० मा विजयी भएका हुन् । अध्यक्ष बास्तोलाले विज्ञप्ति निकालेर जनप्रतिनिधिमाथि भौतिक आक्रमण भएको भन्दै निन्दा गर्दै कारबाहीको माग गरेका छन् ।
