दमक, २९ चैत–नेपाली काँग्रेस दमक ५ नम्बर वडा समितिले आज नयाँ बर्ष २०८० को सुभकामना सहित वडा स्तरिय अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टिका जिल्ला उप सभापति शेर बहादुर भट्टराई को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले वडाका बिकाश निर्माण र समाजिक क्षेत्रमा भईरहेको गतिबिधिहरुको बारेमा जिज्ञासा राखेको वडा सभापति चैतन्य बरालले जानकारी दिनुभयो ।

वडाको टोल समिति सम्मका कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ कांग्रेस झापा क्षेत्र नम्बर ५ प्रदेश क्षेत्र ख सभापति रवि केसी न्यौपाने, कांग्रेस दमक नगर कार्यबाहक सभापति युवराज खनाल सागर सहितका नेता कार्यकर्ताले दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला उप सभापति भट्टराईले वडामा भैरहेको बिकाश निर्माणका काममा कांग्रेसका स्थानिय नेता कार्यकर्ताहरुले चासो राख्नु पर्ने, आफ्नो गाउँ टोलमा कसैलाई समस्या परेको थाहा पाए जानकारी लिएर समस्या समाधानमा अग्रसर हुनु पर्ने बताउनु भएको थियो ।

आगामी आर्थिक बर्षको बजेट बनाउने समय हुन लागेकोले आफ्नो ठाउँको बिकाश निर्माणका कामरुको प्राथमिकिकरण गरेर योजना तर्जुमा प्रक्रियामा सहभागी हुन पनि उहाँले स्थानिय नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *