दमक, २९ चैत–झापाको दमक–४ मा महिलाहरुलाई तिन दिने हर्पिक, फिनेल र साबुन बनाउने तालिमको आज उद्घाटन भएको छ । दमक नगर उप प्रमुख रेगिना भट्टराईले उक्त तालिमको आज उद्घाटन गर्नु भएको हो ।
दमक नगरपालीका समाजिक बिकाश समिति सम्योजक सारदा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा तालिमको उद्घाटन गर्दै नगर उप प्रमुख रेगिना भट्टराईले महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताउनु भयो । हर्पिक, फिनेल, साबुन जस्ता कुराहरु बाहिरबाट आयात गरिरहनु परेको भन्दै उहाँले महिलाहरुले उत्पादन गरेका समानहरुको बजारीकरणमा समस्या नभएको बताउनु भयो । यस्ता चिजहरुको बजारमा अत्यन्तै माग भए पनि बाहिरबाट आयातित समाग्रिहरुले बजार धानिरहेको भन्दै उहाँले घरमै बसेरै पनि आय आर्जन गर्न सकिने बताउनु भयो ।
स्थानिय नेपाल महिला उत्थान संघ संगको समन्वयमा तालिम सञ्चालन गरिएको दमक नगरपालीका महिला तथा बालबालीका शाखाकी अधिक्रित जमुना पौडेलले जानकारी दिनुभयो । तिन दिन सम्म सञ्चालन गरिने तालिममा सोभिता भट्टराईले सहभागीलाई प्रशिक्षण दिईरहनु भएको छ ।
उद्घाटन कार्यक्रममा महिला उत्थान संघकी सचिव तारा रिजालले आगामी दिनमा पनि अन्य तालिमरुको आयोजना गरी सबै महिलालाई उत्पादनमा जोड्न आग्रह गर्नु भएको थियो ।
