दमक, १ वैशाख–जनता समाजवादी पार्टी (जसपा) नेपाल दमक नगर समितिले आज दमकमा नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नगर समितिका अध्यक्ष महेन्द्र चाम्लिङ राईको अध्यक्षतामा र जसपा नेपाल राजनीति समितिका सदस्य हरिदेवी राईको प्रमुख आतिथ्यतामा दमकस्थित फाल्गुनन्द चौक पार्टी कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जसपा नेपाल केन्द्रीय सदस्य गंगादेवी राई, केन्द्रीय सदस्य ओममाया आङदम्बे, प्रदेश समिति सदस्य धिरेन लावोती, ज्ञानेन्द्र कुरुङबाङ, क्षेत्र नं ५ क्षेत्रिय समिति अध्यक्ष गंगा दुलाल, नव जागृती टोल विकास समितिका अध्यक्ष लालबहादुर राई लगायतले नव वर्ष २०८० सालको शुभकामना सहित जसपा नेपाल दमक नगर समितिलाई नगरभित्रका विकास निर्माण पक्षमा खबरदारी र निगरानी गर्नुपर्ने र पार्टीलाई संगठन विस्तार सम्बन्धी गतिविधिमा सक्रिय बनाउनुपर्ने धारणा राखेका थिए ।
जसपा दमक नगर समितिका सचिव हरि राईले सञ्चालन गर्नुभएको कार्यक्रमलाई नगर समितिका सदस्य घनेन्द्र राईले स्वागत मन्तव्य राख्नुभएको थियो.।
